८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अष्ट्रेलियाको एआइबिटी प्रकरणमा एक्सपर्ट कन्सल्टेन्सीको स्पष्टोक्ति

अष्ट्रेलियाको एआइबिटी प्रकरणमा एक्सपर्ट कन्सल्टेन्सीको स्पष्टोक्ति
अ+ अ-


काठमाडौँ । अष्ट्रेलियास्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी, एआइबिटी कलेजको दर्ता खारेज हुँदा नेपाली विद्यार्थी अलपत्र परेको भनी आएको समाचारमा आफ्नो नाम बढाईं चढार्इँ गरी मुछिएको भन्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


उक्त समाचारमा आफ्नो नाम सबैभन्दा धेरै विद्यार्थी पठाएको कन्सल्टेन्सीका रुपमा मुछिएकोमा उक्त कन्सल्टेन्सीले आपत्ति प्रकट गर्दै सो समाचार पूर्णत गलत भएको भन्दै विज्ञप्तिमार्फत खण्डन गरेको छ । उक्त कन्सल्टेन्सीले आज विज्ञप्ति प्रकाशन गरेर आफूहरुमार्फत जम्मा १२ जना विद्यार्थी मात्र सो कलेजमा भर्ना भएका र उनीहरुलाई पनि नियमित रुपमा सम्पर्क गरी उचित व्यवस्थापनको पहल गरेको जनाएको छ ।


उक्त कन्सल्टेन्सीले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– एआइबिटी सँगको दर्ता प्रक्रिया खारेज भएको समाचार आएपश्चात नै हामीले तत्काल हामीमार्फत डिप्लोमा इन नर्सिङमा भर्ना गरिएका १२ जना बिद्यार्थीहरुसँग सम्पर्क गरेर उचित ब्यबस्थापनको पहल गरिसकेका थियौँ र समाचारमा आएजस्तो सबैभन्दा धेरै बिद्यार्थी भर्ना गर्ने कन्सल्टेन्सी हामी विल्कुलै होइनौँ, यसमा हाम्रो नाम जोडिई आएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।


अष्ट्रेलियास्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी, एआइबिटी कलेजको दर्ता खारेज गर्ने अष्ट्रेलियन क्वालिटी अथोरिटी (एक्युए) को हालैको निर्णयबाट उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थीलाई पर्न गएको समस्यालाई गम्भीरतापूर्वक लिएर उनीहरुले त्यो बाहेक अब कुन कलेजमा पढ्न सक्छन् भन्ने विषयमा पनि खोजी गरिसकेको सो कन्सल्टेन्सीको विज्ञप्तिमा जनाइएको छ ।


एक्सपर्ट कन्सल्टेसी डेढ दशकभन्दा लामो समयदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श दिँदै आएको अग्रणी संस्थाका रूपमा स्थापित संस्था भएकोले एआइबिटीमा आफ्नो तर्फबाट त्यहाँ पुगेका विद्यार्थीहरुको भविश्यलाई कसरी सुनिश्चित गर्ने र उनीहरुलाई के कस्तो सहयोग गर्ने भन्ने विषयमा सिड्नीमै रहेको आफ्नो कार्यालयमार्फत काम भइरहेको पनि बताएको छ ।


उक्त कन्सल्टेन्सीले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– यो समस्याको उचित निकासको लागि सरोकारवाला निकायहरूले अघि बढाएको पहललाई यथाशीघ्र सकारात्मक टुंगोमा पुर्याउन जिम्मेवारीपूर्वक आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गरिरहेका छौँ र आवश्यक परेका सबै खाले सहयोग गर्न पनि तयार छौँ ।


एआइबिटी कलेजले संचालन गरेको डिप्लोमा नर्सिङ, एड्भान्स डिप्लोमा अफ नर्सिङ कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्का नेपालस्थित कार्यालयहरुबाट अहिलेसम्म ८ जना र अन्य बिषयहरूमा समेतगरी जम्मा १२ जनामात्र विद्यार्थी भर्ना भएका सो कन्सल्टेन्सीले स्पष्ट गरेको छ ।


ती सबै विद्यार्थीहरु आफ्नो नियमित सम्पर्कमा रहेको र अधिकांश विद्यार्थीलाई उक्त कन्सल्टेन्सीले उचित परामर्श दिएर सुरक्षित व्यवस्थापनको बाटोमा लगि सकेको तथा बाँकी केही विद्यार्थीको समस्याको हल खोज्ने विषयमा गम्भीर प्रयास भइरहेको पनि सो कन्सल्टेन्सीले जनाएको छ ।


अस्ट्रेलिया सरकारमा दर्ता रहेको कलेजले विदेशी बिधार्थीहरु भर्ना लिन पाउने प्रावधान छ । एआइबिटीसँग पनि त्यो दुवै दर्ता भएकाले सो कलेजमा बिद्यार्थी भर्ना गराउनु गैरकानुनी वा गैरजिम्मेवारी नभएको तर अहिले नर्सिङ दर्ताका लागि हुनुपर्ने केही निश्चित प्रावधान पूरा हुन नसकेका कारणले अहिलेको समस्या उत्पन्न भएको उसले स्पष्ट गरेको छ ।
उक्त कलेजले आफ्ना नर्सिङ प्रोग्राम एएनएमएसीमा दर्ता भई नसकेको तर गत सेप्टेम्बर भित्र दर्ता हुनसक्ने कÞुरा अफर लेटरमा उल्लेख गर्ने गरेकोमा उक्त समयसम्म दर्ता भएको नदेखिएपछि हामीले उक्त कलेजमा त्यस भन्दा यता कुनै विद्यार्थी भर्ना नगरेको तथ्य पनि एक्सपर्टले यस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।


सो विज्ञप्तिमा भनिएको छ– त्यसअघि हामीले भर्ना गरेका सबै विद्यार्थीलाई सो कलेज र उसले सञ्चालन गरेका नर्सिङ प्रोग्रामबारे हामीले सही र सत्यतथ्य जानकारी गराईएको तथा कुनै पनि भ्रमपूर्ण सूचना प्रवाह नगरेको जानकारी गराउँछाँ । यसबारे नेपाल तथा अष्ट्रेलियामा सरकारी निकायहरूले छानविन गर्न चाहेमा पुरापुर सहयोग गर्नेछौैँ । जिम्मेवार संचारमाध्यमहरूलाई पनि यस्तो संवेदनशील बिषयको गहिराईसम्म पुगेर सही र तथ्य सूचना प्रवाह गर्न लागि हामी हार्दिक अपील गर्दछौँ ।


यो सबै तथ्य तथा वास्तविकता छर्लंग रहँदा रहँदै पनि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसबारे सामाजिक सन्जाल तथा केही अनलाईन समाचार पोर्टलहरूमा कपोकल्पित र भ्रामक खबर फैलाई सुनियोजित जस्तै देखिनेगरी भईरहेको एकोहोरो आक्रमण र लगाईएका आरोपहरूले हामीलाई अत्यन्त दुखी र मर्माहत बनाएको छ उसले जनाएको छ ।


समस्यामा परेका सबै नेपाली विद्यार्थीहरूलाई सक्दो मद्दत गर्न आफूहरु प्रयासमा जुटिरहँदा उल्टै उनै विद्यार्थी र चिन्तित अभिभावकलाई डर एवम् त्रास देखाउने कुरा हामीबाट भयो भन्नेजस्ता कल्पना सम्म पनि गर्न नसकिने समाचारहरु सम्प्रेषित हुनु हामी विरूद्धको अनर्गल प्रचारवाजी बाहेक अरु केही होइन– सो विज्ञप्तिमा भनेको छ ।


सो विज्ञप्तिमा राज्यको चौथो अंगका रुपमा रहेका नेपालका सम्मानित सञ्चारमाध्यमहरुलाई यथार्थ बुझेर सही र सत्य तथ्या मात्र समाचार सम्प्रेषण गर्न आग्रह पनि गरिएको छ । यसरी गरिने भ्रामक समाचारले कुनै पनि व्यक्ति तथा संस्थामा पर्न जाने हानीको बारेमा पनि सोचिदिन जिम्मेवार सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।