८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौकीदारबाट पैसा असुल्ने जेलर क्वार्टरबाटै पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले क्षेत्रीय कारागारका प्रमुख मदन अधिकारीलाई घुससहित पक्राउ गरेको छ ।

कारागारका चौकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका उनलाई ७५ हजार रुपैयाँसहित उनकै क्वार्टरबाट पक्राउ गरिएको अख्तियार प्रदेश कार्यालयका सूचना अधिकृत देवकुमार राईले जानकारी दिए । लामो समयदेखि अधिकारीले चौकीदारलाई सरुवाको बाहनामा पैसा असुल्दै आएको सुचनाको आधारमा पक्राउ गरिएको राईले बताए ।

अख्तियारका डीएसपी केशव भट्टराईको नेतृत्वमा गएको टोलीले जेलर अधिकारीलाई
दिउँसो १२ बजेतिर क्वार्टरमा पुगेर घुस रकमसहित पक्राउ गरेको हो ।