८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वदेशी उद्योगको प्रवर्धन भएमात्र वैदेशिक लगानी भित्रिन्छ – प्रचण्ड

स्वदेशी उद्योगको प्रवर्धन भएमात्र वैदेशिक लगानी भित्रिन्छ – प्रचण्ड
अ+ अ-

बागलुङ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी उद्योगको प्रवर्धन गरेमा मात्र देशमा वैदेशिक लगानी भित्रिने बताएका छन् ।

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रचण्डले अब नेपालमा आर्थिक क्रान्तिको शुरुआत गर्ने बेला भएको बताए । उनले भने– देशमा समृद्धिका लागि स्वदेशी उद्योग र उद्यमशिलताको प्रवर्धन गर्नु जरुरी छ स्वदेशमै उद्यमशिलताको विकास गर्न सकेमा मात्र वैदेशिक लगानी सम्भव हुन्छ ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् नेपालका एकजना राष्ट्रिय उद्यमी चन्द्रप्रसाद ढकालले सरकारले स्वदेशमा उद्योग धन्दा एवम् कलकारखानाको विकासका लागि उपयुक्त वातावरण निर्माण गनुपर्ने धारणा राखेपछि अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

महासंघका उपाध्यक्ष ढकालले नेपालमा अब संक्रमणकाल सकिएर राजनीतिक स्थायित्वको शुरुआत भएको देखिएकोले अब राष्ट्रिय रुपमा नै उद्योग धन्दाको विकास र विस्तारमा अभियान थाल्नुपर्ने बताएका थिए ।

सो समारोहलाई सम्बोधन गर्दै ढकालले बाग्लुङ जिल्लामा पनि जलविद्युत क्षेत्रको विकासमा धेरै सम्भावना रहेको स्पष्ट गर्दै कृषि उपजका साथै स्लेट ढुंगाआदिको पनि धेरै सम्भावना रहेको भन्दै स्थानीय उत्पादनलाई ध्यान दिन र स्थानीय उद्यमशिलताको विकास गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष प्रचण्डले देशमा समृद्धि अहिलेको पहिलो आवश्यकता हो भन्दै समृद्धि नआएसम्म शहिदको सपना पुरा नहुने र सरकारले समृद्धिको सपना साकार पार्न आवश्यक पर्ने सबै कानुनहरु निर्माण गर्ने बताए ।

उनले समृद्धिका लागि निर्माण गरेका कानुनलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको बताए । प्रचण्डले पार्टी एकिकरणको लागि अब कुनै कशुर बाँकी नराख्ने पनि स्पष्ट गरे । उक्त कार्यक्रममा नेपाल कमन्युष्ट पार्टीका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेल तथा बाग्लुंगका सांसदहरु उपस्थित थिए ।

विद्यालयले शिक्षा प्रेमी, उद्यमी, विद्यालयका वूर्व विद्यार्थी, पूर्व शिक्षक विदालय व्यवस्थापन समिति लगायत सङ्घसंस्था तथा व्यक्तिबाट स्वेच्छिक रकम सङ्कलन गर्दा रु.७० लाख बढी संकलन भएको विद्यालयका प्रधानध्यापक थम प्रसाद रोकाले बताए ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ४९१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११र १२ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरेपनि रोजगारमूलक शिक्षाको लागि प्राविधिक विषयको पठनपाठन शुरु गर्ने योजना विद्यालयले बताएको छ ।