• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

नेपाली काँग्रेस पार्टी कार्यालयमा झडप



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । नेपाल विद्यार्थी संघका नेताहरु बिच झडप भएको हो ।

विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि झडपमा प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी सुशील भट्ट नेतृत्वको टोलीले तदर्थ समित बनाउँदा ३२ वर्षे हदबन्दी लागु हुने पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

यता, संस्थापन पक्षबाट उमेर हदको विपक्षमा ऋषिकेशजंग शाह नेतृत्वको टोलीले प्रशर्दन गरेको छ । उनीहरुले नेताहरुमाथि दुर्वव्यवहार गरेको पार्टीभित्र अनुशासन कायम हुनुपर्ने भन्दै प्रदर्शन गरेको हुन् ।