११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

नमुना सडक कोटेश्वर–कंलकी चक्रपथ, जोखिम हटाऊ

नमुना सडक कोटेश्वर–कंलकी चक्रपथ, जोखिम हटाऊ
अ अ+ अ-

काठमाडौं । उपत्यकाभित्रको नमुना सडक बनेको छ कोटेश्वर–कंलकी चक्रपथ सडक । केन्द्रीय राजधानी काठमाडौंमा चीन सरकारको सहयोगमा बनेको यस सडकले विकासको नमुनाको प्रतिकको पनि काम गरेको छ । सडक चिटिक्क छ र फराकिलो पनि छ । सडक निर्माण त भयो तर सुरक्षा सतर्कता नअपनाउँदा रातको समयमा सवारीचालक र सर्वसाधारण यात्रु जोखिम मोलेर हिँड्न बाध्य भएका छन् । सडक सफा र सुन्दर छ तर निर्माणकै क्रममा सरकारले पर्याप्त ध्यान नदिँदा जोखिम पनि उत्तिकै बढेको छ । सडक पार गर्नका लागि ठाउँ–ठाउँमा हुनुपर्ने आकाशे पुल निकै लामो दूरीमा रहेको छ ।

यसको कारण सर्वसाधारण यात्रुहरु आवतजावत गर्न आकाशे पुलभन्दा पनि जोखिम मोलेरै सडकबाट हिँड्ने गरेका छन् । सडक फराकिलो भएसँगै सवारीसाधन पनि तीव्र गतिमा गुड्ने गरेका छन् ।

कलंकी–कोटेश्वर सडक आठ लेनको बनेको छ तर यसमा साइकल लेन छैन । यतिसम्म कि तीव्र गतिमा सवारीसाधन गुड्ने सडकमा बीच भागमा कुनै तारबार लगाइएको छैन । सर्वसाधारण यात्रुहरुले जहाँ पायो त्यहीँबाट सडक पार गर्नाले दुर्घटना पनि बढ्दै गएको छ । सडक निर्माणकै क्रममा अपनाउनुपर्ने सावधानी अपनाउन नसक्दा सडकमा जोखिम बढेकोतर्फ सडक विभागको ध्यान जान जरुरी छ । सडक निर्माण भएर सञ्चालनमा आउँदासमेत सडकको दायाँ–बायाँ अहिलेसम्म सडक बत्ती राखिएका छैनन् ।

ट्राफिक लाइटहरु पनि राखिएका छैनन् । रातिको समयमा सडक बत्ती नहुँदा यात्रुहरुलाई कहाँ कतिखेर ज्यान जाने हो भन्ने चिन्तासमेत थपिएको छ । पर्याप्तरुपमा आकाशे पुल निर्माणमा पनि सरकारले ध्यान दिन सकेको छैन ।
सडक निर्माण हुनु सकारात्मक पक्ष हो । तर बेलैमा सुरक्षा सतर्कता नअपनाउँदा पाइलैपिच्छे जोखिम पनि बढेको छ । सरकारले यात्रुहरुको दैनिकीसँग जोडिएको सडकलाई सुरक्षित बनाउन ध्यान दिनै पर्छ । दुर्घटना भएपछिको व्यवस्थापनभन्दा दुर्घटना नै हुन नदिनु महत्वपूर्ण कुरा हो ।

पहिले नै सचेत भएमा मानवीय क्षति हुनबाट रोक्न सकिन्छ । दुर्घटनाको कारणबाट पछुताउनुभन्दा दुर्घटना न्यूनीकरण गर्नतिर विशेष योजनासहित सडक निर्माणको क्रममा भएको त्रुटि सच्याउन ढिला गर्नुहुँदैन । सडकमा रहेको जोखिम हटाउन सरकारले समयमा नै ध्यान दिन जरुरी छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।