८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसिद बने टि–२० मा चार बलमा चार विकेट लिने विश्वकै पहिलो बलर



अ+ अ-

काठमाडौँ । आयरल्याण्डविरुद्धको सिरिजमा अफगानिस्तानका बलर रसिद खानले ‘कीर्तिमान’ कायम गरेका छन् ।

आइतबार राति भएको खेलमा अफगानिस्नताका रसिद खानले लगातार चार बलमा चार विकेट लिएका हुन् ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनायो । हजरतुल्ला जजाई ३१ रनमा आउट भए । तर, मोहम्मद नाबीले अफगानिस्तानको पारी सम्हाले । ३६ बलेका सामना गरेका उनले ६ चौका र ७ छक्का को मदतमा ८१ रन बनाए ।

जवाफमा मैदान उत्रिएको आयरल्याण्डको पारी ओब्रायन एक्लैले धानेका थिए । उनले दोस्रो विकेटका लागि एन्डी बालबेर्नीसँग ९६ रनको साझेदारी गरे । बालबेर्नी ४७ रनमा आउट भए । ओब्रायन भने क्रिजमा टिकिरहे ।

५ ओभर बाँकी थियो र आरयरल्याण्डलाई ६९ रन चाहिएको थियो । तर, १६ औं ओभरको अन्तिम बलमा केभिन ओब्रायनलाई पभेलियनको बाटो देखाएका रसिदले १८ औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिएका हुन् । टि–२० अन्तर्राष्ट्रियमा लगातार चार बलमा विकेट लिने उनी विश्वमै पहिलो बलर बनेका छन् ।

आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाउन सक्यो र सिरिज अफगानलाई सुम्पियो ।