८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

रसिद बने टि–२० मा चार बलमा चार विकेट लिने विश्वकै पहिलो बलर

रसिद बने टि–२० मा चार बलमा चार विकेट लिने विश्वकै पहिलो बलर
अ+ अ-

काठमाडौँ । आयरल्याण्डविरुद्धको सिरिजमा अफगानिस्तानका बलर रसिद खानले ‘कीर्तिमान’ कायम गरेका छन् ।

आइतबार राति भएको खेलमा अफगानिस्नताका रसिद खानले लगातार चार बलमा चार विकेट लिएका हुन् ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनायो । हजरतुल्ला जजाई ३१ रनमा आउट भए । तर, मोहम्मद नाबीले अफगानिस्तानको पारी सम्हाले । ३६ बलेका सामना गरेका उनले ६ चौका र ७ छक्का को मदतमा ८१ रन बनाए ।

जवाफमा मैदान उत्रिएको आयरल्याण्डको पारी ओब्रायन एक्लैले धानेका थिए । उनले दोस्रो विकेटका लागि एन्डी बालबेर्नीसँग ९६ रनको साझेदारी गरे । बालबेर्नी ४७ रनमा आउट भए । ओब्रायन भने क्रिजमा टिकिरहे ।

५ ओभर बाँकी थियो र आरयरल्याण्डलाई ६९ रन चाहिएको थियो । तर, १६ औं ओभरको अन्तिम बलमा केभिन ओब्रायनलाई पभेलियनको बाटो देखाएका रसिदले १८ औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिएका हुन् । टि–२० अन्तर्राष्ट्रियमा लगातार चार बलमा विकेट लिने उनी विश्वमै पहिलो बलर बनेका छन् ।

आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाउन सक्यो र सिरिज अफगानलाई सुम्पियो ।