८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली नेता किम जोङ उन हरियो रंगको रेल चढेर भियतनाम प्रस्थान



अ+ अ-

प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् ।

उनि रेलमा चढेर भियतनाम गएको कोरियाली अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका लागि उनि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ट्रम्प र किमबीच यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक गर्ने तय भएको छ । उनिहरुबीचको पहिलो शिखर बैठक गत बर्षको जुनमा सिङ्गापुरमा भएको थियो ।

भियतनामका राष्ट्रपति गुयन फु ट्रोङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम शिखर बैठकभन्दा अगाडि भियतनामको औपचारिक भ्रमण गर्नेगरी हनोई गएका हुन् ।

किम नेतृत्वको भ्रमण टोलीमा सरकारी तथा पार्टीका उच्चपदस्थ अधिकारीहरु सहभागी हुने समाचारमा जनाइएको छ ।

किम झण्डै ३ दिन लगाएर चार हजार किलोमिटर यात्रा गरी भियतनामको राजधानी हनोई पुग्ने छन् ।

यो पनि हेर्नुहोस्……………

http://newspolar.com/2019/02/76844