८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्युबामा नयाँ संविधानका बारेमा जनमतसङ्ग्रह



अ+ अ-

हवाना । संयुक्तराज्य अमेरिकाको निरन्तरको दबाब एवं भेनेजुएलाको समाजवादी सरकारलाई समर्थन गरेका कारण समस्यामा परेको क्युबामा नयाँ संविधानका लागि आइतबार जनमतसङ्ग्रह भएको छ ।

चुनावको परिणाम आइतबार प्राप्त हुने अपेक्षा गरिएको छ । “हामी क्युबालीले नयाँ संविधान, दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा उदाहरण प्रस्तुत गर्नका लागि मतदान गर्दैछौं,” राष्ट्रपति मिगेल डायाज–कनेलले मतदानका क्रममा बताए ।

“हामी भेनेजुएलाका लागि पनि मतदान गर्दैछौं, हामी भेनेजुएलाको पक्षमा छौं किनभने भेनेजुएलामा यस महादेशकै सबैभन्दा ठूलो नाटक मञ्चन भइरहेको छ ।”

राष्ट्रपति डायाजले चिली, कोलम्बिया र पाराग्वेका राष्ट्रपतिहरुले भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोको समर्थन गरेकाप्रति पनि आक्रोश पोखेका थिए । “कोलम्बियाको सीमामा केही राष्ट्रपतिहरु छन्, र तिनीहरु हासोका पात्रजस्ता देखिएका छन् ।”

क्युबाले भेनेजुएलाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेको छ । क्युबाले अमेरिकी सैनिक अतिक्रमणको विरोध गरिरहेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले भेनेजुएलाको सीमामा ल्याइएको मानवीय सहायतालाई आफ्नो देशविरुद्धको अमेरिकी कदमको संज्ञा दिएका छन् । यस्तो सहायता अधिकांश अमेरिकाबाटै भेनेजुएला सीमामा पुर्याइएको छ ।

क्युबाली अधिकारीहरुले करिब ८० प्रतिशतले मतदान गरेको बताएका छन् ।

सत्तारुढ कम्युनिष्ट पार्टीका प्रथम सचिवको शक्तिशाली पदमा आसिन पूर्व राष्ट्रपति राउल क्यास्ट्रोले पनि बिहानै मतदान गरेका थिए ।

अमेरिकी सिनेटर मार्को रुबियोले क्युबाको तथाकथित जनमतसङ्ग्रह सत्तामा आफ्नो पकड अझ बलियो बनाउने कुत्सित मनसायबाट गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सन् १९७६ को संविधानलाई प्रतिस्थापन गर्ने नयाँ संविधानले पनि स्वतन्त्र बजार र निजी लगानीलाई सीमित गर्नेछ । यी दुबै कार्यहरु कम्युनिष्ट पार्टीले मात्र सञ्चालन गर्न पाउनेछ ।

साथै, संविधानले समाजवाद मुलुकको एकमात्र विचारधारा हुने परिकल्पना गरेको छ । यो धारणामाथि क्याथोलिक चर्चले आपत्ति जनाएको छ ।

क्युबाका प्रतिबन्धित विपक्षीहरुले भने यसपटक मतदान बहिस्कार गरेका थिए ।

यस जनमतसङ्ग्रहमा दुईवटा विकल्प मात्र दिइएको थियोः नयाँ संविधानको पक्ष वा विपक्ष अर्थात् हुन्छ वा हुन्न ।