८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

खेल सङ्घको विवाद अन्त्य हुँदै

खेल सङ्घको विवाद अन्त्य हुँदै
अ+ अ-

काठमाडौँ । लामो समयदेखिको पेन्टाथलन सङ्घको विवाद अन्त्य भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा रहेको खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिले मोर्डन पेन्टाथलन सङ्घ र मोर्डन पेन्टाथलन महासङ्घको एकीकरण गरी विवाद अन्त्य गरेको हो ।

समितिको संयोजक रहेका तिम्सिनाले आफू अध्यक्ष रहेको उक्त सङ्घलाई मोर्डन पेन्टाथलन महासङ्घ नेपालसँग एकीकरण गरी विवाद अन्त्य गराएको बताए । उपाध्यक्ष तिम्सिना नेतृत्वमा २०७० सालमा राखेपमा मोर्डन पेन्टाथलन सङ्घ गठन भएको थियो । लगत्तै २०७२ सालमा राजेन्द्र श्रेष्ठको नेतृत्वमा मोर्डन पेन्टाथलन फेडेरेशन नेपाल गठन भएको थियो ।

उपाध्यक्ष तिम्सिनाले भने, “आफ्नो अध्यक्षतामा रहेको सङ्घलाई श्रेष्ठ नेतृत्वको महासङ्घसँग एकीकरण गरेका छौँ, विवादका कारण सङ्घको गतिविधि अघि बढ्न नसकेकाले एकीकरण गरी एउटै सङ्घ बनाएका छौँ ।”

एकीकृतपश्चात मोर्डन पेन्टाथलन महासङ्घ नेपाल नामाकरण गरी अध्यक्षमा राजेन्द्र श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा लालचन्द्र रानाभाट र मोहनकुमार डाँगी चयन हुनुभएको छ । उपाध्यक्षमा शकुन्तला नगरकोटी, अरुणप्रसाद श्रेष्ठ, भगवती विष्ट, राजु दर्शन, गोपाल न्यौपाने छन् ।

महासचिवमा यादवबहादुर बस्नेत, उपमहासचिवमा इन्दिरा निरौला, सचिवमा रामहरि सिलवाल, यदुकुमार बस्नेत र नारायण पौडेल, कोषाध्यक्षमा नारायण पौडेल र सहकोषाध्यक्षमा शैलेन्द्रमान श्रेष्ठ रहेका छन् । सदस्यमा धावा रुम्बा, किरण गिरी, निषेश चापागाईं, रचना लाखेमोरु, मुकुन्दहरि श्रेष्ठ, रितेश श्रेष्ठ, महेश श्रेष्ठ, सुन्दर प्रजापति, राजेश श्रेष्ठ र भीमप्रसाद सुवेदी रहेका छन् ।

तिम्सिना नेतृत्वको उक्त समितिले यसअघि जिम्न्याष्टिक सङ्घको विवाद समाधान गर्दै तदर्थ कमिटी गठन गरेका थियो । सङ्घहरुको विवादका कारण महत्वपूर्ण खेलका गतिविधि अघि बढ्न सकेका छैनन् । उसु, कराँते र तेक्वान्दो जस्ता खेलको विवाद अझै समाधान हुन सकेको छैन ।

समितिले उक्त सङ्घसँग पनि निरन्तर छलफल गरिरहेको र केही साताभित्र विवाद समाधान हुने समितिका अर्का सदस्य युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने“उहाँहरुसँग भएको छलफल सकारात्मकरूपमा अगाडि बढेको छ, केही दिनमा हामी पुनः छलफल गर्छौँ र विवाद समाधान गर्छौँ” े ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पछिल्लो समय खेल सङ्घहरूमा देखिएको विवाद समाधान गर्न गत मङ्सिर १७ गते मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रि«य खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा एक समिति गठन गरेका थिए ।

मन्त्रालयले उपाध्यक्ष तिमिल्सिनाको संयोजकत्वमा मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने र राखेपको खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । एउटै खेलका दुईवटा खेल सङ्घ हुँदा विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको सहभागिता कसले गर्ने भन्ने बढी विवाद हुने गरेको छ । समितिले खेल सङ्घको छलफलपछि ओलम्पिक कमिटीसँग पनि छलफल गर्ने तयारी गरेको छ ।

एउटै प्रकृतिका खेल सङ्घहरू भिन्नभिन्न हुँदा खेलाडीहरूलाई पनि अप्ठेरो परेकाले समस्या समाधानका लागि मन्त्रालयले आफूलाई जिम्मेवारी दिएको तिम्सिनाको भनाइ छ ।

यता हालै मन्त्रालयले तयार गरी राष्ट्रियसभामा पेश गरेको ‘खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५’ मा समेत एउटै प्रकृतिका दुईवटा खेल सङ्घहरु हुन नपाइने व्यवस्था गरेसँगै खेल सङ्घहरुको कि विवाद अन्त्य गर्नु कि त खारेजीमा जानुपर्ने बाध्यता आइलागेको छ ।