८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

शुभारम्भ नहुँदै घरबासमा आन्तरिक पर्यटक

शुभारम्भ नहुँदै घरबासमा आन्तरिक पर्यटक
अ+ अ-

दमौली । औपचारिक शुभारम्भ नहुँदै तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीस्थित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।

घरबाससम्बन्धी तालीम लिएर बसेका स्थानीय आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेपछि खुशी भएका छन् । फागुनभित्रै औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरिएको घरबासमा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउन थालेको पाथर्दी घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताए ।

“तालीमसमेत सम्पन्न भई औपचारिक उद्घाटनको तयारीमा रहेका छौँ”, उनले भने, “तर यतिबेला देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक यहाँ आउन थालिसक्नुभएको छ ।” सञ्चारमाध्यमबाट प्रचारप्रसार भएपछि झापादेखिका आन्तरिक पर्यटक केही दिनअघि मात्रै आएर घरबासमा रात बिताएको आलेले जानकारी दिए । उनका अनुसार झापाका विभिन्न पाँच वटा सहकारीका सदस्यले एक रात घरबासमा बिताएका थिए ।

त्यस्तै धादिङ, स्याङ्जा र तनहुँकै विभिन्न ठाउँबाट समेत पर्यटक घरबासमा आउने गरेका छन् । आलेका अनुसार विदेशीको एक टोलीले समेत यहाँ बास बसिसकेको छ । त्रिभुवन विश्वविद्यालयबाट वन विज्ञान अध्ययनरत विद्यार्थीको एक टोली एक हप्ताको लागि यहाँ आउने तयारी गरेको आलेले जानकारी दिए ।

यहाँको १० घरमा घरबासको व्यवस्था गरिएको छ । घरबासमा आउने पर्यटकलाई स्वागत सत्कारदेखि खानाको परिकार बनाउनेलगायतका तालीम स्थानीयले लिइसकेका छन् । केही दिनअघि मात्रै खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले समेत खाद्य स्वच्छतासम्बन्धी तालीम सम्पन्न गरिसकेको छ ।

यस ठाउँमा एकै दिनमा ३० सम्मले बास बस्न सक्ने क्षमता छ । यहाँ आउने पर्यटकलाई प्राङ्गारिक खाना खुवाउने गरिएको छ । अध्यक्ष आलेका अनुसार पर्यटकलाई भट्ट, कोदोको रोटी, ढिडो, लोकल कुखुरा, निउरोलगायतका खानेकुरा दिइन्छ । एक छाक सादा खाना र एक छाक मासु खाना र बास बसेको रु एक हजार २०० लिइने उहाँले बताउनुभयो । पर्यटकलाई रातको समयमा स्थानीयले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्ने गरेका छन् ।

भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले वडालाई पर्यटन र कृषिबाट समृद्ध बनाउने गरी योजना बनाइएको जानकारी दिए । यस ठाउँमा रहेका सिद्धगुफा, चुलिडाँडा, इन्द्र झरनालगायतलाई एउटै मार्गमा जोड्दै पर्यटन पूर्वाधारको लागि अध्ययनसमेत गरिएको छ । त्रिभुवन विश्वविद्यालयका वन्यजन्तुविद् डा हरि शर्मा र वनस्पति एवं जडीबुटी विज्ञ डा रिपु कुँवरको नेतृत्वमा यहाँ अध्ययन गरिएको थियो ।

सोही ठाउँमा रहेको इन्द्र झरनामा व्यावसायिक क्यानोनिङ सञ्चालनका लागिसमेत तालीमको आयोजना गर्न लागिएको छ । घरबास व्यवस्थापन समितिका अध्यक्ष आलेका अनुसार नेपालभरिका प्रशिक्षक बोलाएर यहाँ तालीम गर्ने तयारी गरिएको छ ।