८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार सेयर बजार ७ अंकले सुधार



अ+ अ-

काठमाडौँ । सेयर बजारमा आज (सोमबार) ७ अंक बढीको सुधार देखिएको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार दोस्रो दिन सोमबार ७ दशमलव ४१ अंकको सुधार देखिएको हो ।

बजार ७.४१ अंकले बढ्दा नेप्से परिसूचक १ हजार १ सय ९ दशमलव ७३ अंकमा पुगेको छ । सोमबार दिनभर उताचढाव देखिएको बजार दिउसो एकपटक १ हजार १ सय भन्दा तल झरेको थियो ।

सोमबार दिनभर भएका ४ हजार ३ सय १९ कारोबारबाट विभिन्न कम्पनीका ७ लाख २० हजार ८ सय ४५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २० करोड ३८ लाख ३९ हजार ८ सय ६४ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा सोमबार नविल बैंक पहिलो स्थानमा देखिएको छ । नविल बैंकको सर्वसाधारण समूहतर्फको सेयर २ करोड ५० लाख ७१ हजार २ सय ६९ रुपैयाँको किनबेच भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा पनि नविल बैंक नै देखिउको छ । सोमबार पहिलो नम्बरमा सबैभन्दा धेरै कारोबार नविल बैंकको सर्वसाधारण समूहतर्फको भएको छ भने दोस्रो नम्बरमा नविलकै संस्थापक समूहको भएको छ ।

तेस्रो नमबरमा भने माथिल्लो तामाकोशी जलविद्युत् आयोजना देखिएको छ । माथिल्लो तामाकोशीको ७८ लाख ८६ हजार ५ सय ४२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।