१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वातावरण ऐन संशोधन गरिँदै, ईआईए र आईईई स्वीकृत नगरी काम गरे १० लाख रुपैयाँसम्म जरिवाना



अ+ अ-

काठमाडौँ । सरकारले वातावरणीय ऐन संशोधा गर्ने भएको छ । वातावरण प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन गुणस्तरीय हुनुपर्ने बुँदा सहित ऐन संशोधन गर्न लागेको हो ।

वन तथा वातावरण मन्त्रालयले सुझावका लागि कानुन मन्त्रालयमा पेस गरेको वातावरण संरक्षणसम्बन्धी ऐन को दफा १० मा प्रस्तावकले ईआईए र आईईई अध्ययन प्रतिवेदन बनाउँदा मापदण्डबमोजिम गुणस्तरीय हुुनुपर्ने उल्लेख छ। अहिले प्रयोगमा रहेको वातावरण ऐन २०५३ मा यो व्यवस्था छैन।

मापदण्डमा उल्लेख भएअनुसार गुणस्तरीय प्रतिवेदन तयार नगर्ने परामर्शदातालाई ५ वर्ष अध्ययनमै प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ। पछिल्लोपटक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी ईआईए प्रतिवेदन गुणस्तरीय नभएकोले सार्वजनिक भएपछि वन मन्त्रालयले ऐनमै कडाइ गर्न लागेको हो।

वातावरण ऐनअन्तर्गत बनेका नियम, निर्देशिका वा मापदण्डविपरीत काम गर्नेलाई २ देखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ।