१८ माघ २०८१, शुक्रबार
,
Latest
भारतमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, १५ घाइते ‘राष्ट्रिय एकतालाई मजबुद बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध’ प्रतिनिसभाको अर्को बैठक माघ २४ गते बस्ने गायिका एलिना चौहानले गरिन् सम्बन्धविच्छेदको मुद्दा दायर प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइनः महामन्त्री शर्मा हिउँदे अधिवेशनलाई जनताको जीवनमा सुधार ल्याउने गरी अघि बढाउन खबरदारी गर्छौंः जनार्दन शर्मा खाडीको पैसाले सरकार र संसद चलिरहेको छ, प्रधानमन्त्रीले विकासको कुरा गर्दा आश्चर्य लाग्छः अध्यक्ष केसी टिपटप डीएभी क्रिकेट एकेडेमीले जित्यो इन्डो-नेपाल क्रिकेटको उपाधि सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रणका लागि नभइ प्रभावकारी नियमनका लागि: महेश बर्तौला
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई महिना टिकेन एकताको सन्देश, देउवा पौडेल गुट बलियो बनाउने होडमा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन् ।

पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमितिको बैठक समापनमा दुवै नेताले एक भएको सन्देश कार्यकर्तालाई दिएका थिए । पार्टी नेतृत्व सम्हालेको तीन वर्ष बित्न लाग्दा पनि केन्द्रीय विभागसहितका विभिन्न समिति गठन गर्न नसकेको आरोप खेप्दै आएका सभापति देउवा बाँकी समय बहुमतको आधारमा पार्टी चलाउने तयारीमा देखिएका छन् ।

संगठन सुदृढ गर्न नसकेको आरोप पार्टी्भित्रकै असन्तुष्ट पक्षबाट खेपिरहेका देउवा विधानको बलमा बहुमतबाट सबै विभाग र समिति गठन गरी अघि बढ्ने तयारीमा पुगेको उनी निकटका नेताहरु बताउँछन् । प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन आयोजक समिति गठन गर्ने अधिकार सभापति देउवालाई केन्द्रीय समितिले दिइसकेको छ । पार्टीका विभाग र अन्य समिति गठनमा पनि बहुमतकै आधारमा निर्णय लिँदै जाने सभापति देउवाको तयारी छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।