११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पुरा हुदै प्रधानमन्त्री ओलीको सपना, हावाबाट बिजुली, उज्यालिँदे गाउँबस्ती

पुरा हुदै प्रधानमन्त्री ओलीको सपना, हावाबाट बिजुली, उज्यालिँदे गाउँबस्ती
अ अ+ अ-

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका–४, मित्यालमा हावा र सौर्य शक्तिबाट विद्युत् उत्पादन गरिएको छ। गाउँपालिका केन्द्र रुक्सेभन्ज्याङमा १ हजार २ सय वाट विद्युत् उत्पादन गरिएको हो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना देखाएपछि थप २५ हजार वाट (२५ किलोवाट) क्षमतामा विद्युत् उत्पादन कार्यलाई तीव्रता दिइएको छ।रुक्सेभन्ज्याङमा पीडा नेपालको प्राविधिक सहयोगमा कापेक संस्थाले हावाबाट विद्युत् निकाल्ने काम गरेको हो। यसका लागि तीन वर्षअघि काम सुरु भएको थियो। जसमा जर्मनीको विसिन्सले समेत सहयोग पु¥याएको छ। आठ लाख रुपैयाँ लगानीमा हावाबाट बिजुली निकालिएको हो।

१ हजार २ सय वाट विद्यत्मध्ये ६ सय वाट हावाबाट र ६ सय वाट सौर्य ऊर्जाबाट निकालिएको हो। यो योजना कम्तीमा पनि पाँच वर्षसम्म सञ्चालन हुनेछ। निस्दी गाउँपालिका–४, वडा कार्यालय र मित्याल स्वास्थ्यचौकीमा यो विद्युत् प्रयोग हुँदै आएको हेरालु बलिराम सुनारीले बताए।हावा र सौर्य शक्तिबाट विद्युत उत्पादन गर्न सफल भएपछि थप २५ किलोवाट उत्पादन कार्य अघि बढाइएको छ। निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले हावा र सौर्य शक्तिबाट विद्युत् निकाल्न सफल भएको बताए। उनले भने, ‘निस्दीका धेरै स्थानमा केन्द्रीय प्रसारणको विद्युत् जोडिएको छैन।

केही ठाउँमा लघु जलविद्युत्बाट विद्युतीकरण भएको छ। अहिले हामीले १ सय ६५ घरधुरीमा वायुबाट विद्युतीकरण गर्दैछौं।’ अध्यक्ष सारुले वैकल्पिक ऊर्जा केन्द्रसँगै मिलेर गाउँपालिकाले वायुबाट विद्युत् उत्पादन गर्न थालेको हो। उनले गाउँपालिकाको ४२ लाख रुपैयाँ र बाँकी वैकल्पिक ऊर्जा केन्द्रको सहयोगमा थप २५ किलोवाट विद्युत् निकाल्न थालिएको बताए।

कृष्ण ग्रिल एन्ड इन्जिनियरिङ वर्क प्रालिको प्राविधिक सहयोगमा हावाबाट २५ किलोवाट बिजुली निकाल्ने कामलाई तीव्रता दिइएको छ। प्रालिका इलेक्ट्रिक इन्जिनियर योगेन्द्र बरालले १५ किलोवाट वायु र १० किलोवाट सौर्य शक्तिको हाइब्रिट प्रणालीबाट २५ किलोवाट विद्युत् निकाल्न थालिएको बताए। उनले भने्, ‘एक करोड ६० लाख रुपैयाँ लगानीमा हावाबाट बिजुली निकाल्न थालिएको हो। हामीले अन्य जिल्लामा पनि यसरी विद्युत निकाल्दै छौं।’

हावा र सौर्य शक्तिबाट बिजुली निकालिएपछि वडाका कामकाजमा सजिलो भएको वडाध्यक्ष नेउबहादुर सुनारीले बताए। उनी भन्छन्, ‘कम्प्युटर तथा फोटोकपी चलाउन तथा बत्ती बाल्न पाएपछि कार्यालयको कामसमेत सहज भएको छ। वडामा जतिबेला पनि विद्युत् आपूर्ति भइरहेको छ।’ गाउँपालिकाका स्वास्थ्य संयोजक मिनबहादुर रानाले स्वास्थ्यचौकीमा अत्यावश्यक पर्ने औषधि फ्रिजमा राख्न पनि सहज भएको छ। ‘फ्रिजमा नराखी नहुने औषधिहरु पहिले रामपुरबाट आपूर्ति गर्नुपर्र्दा निकै समस्या थियो। वायु ऊर्जाले स्वास्थ्य कार्यक्रमलाई समेत प्रभावकारी बनाएको छ,’ रानाले भने। अहिले निकालिएको बिजुली गाउँपालिका केन्द्र रुक्सेभन्याङका सडक बत्तीका रुपमा पनि प्रयोग गरिएको छ।

मगर समुदायको बस्ती रहेको रुक्सेभन्याङ डाँडामा हावाबाट बिजुली निकाल्न पंखा राखिएको छ। हावाबाट बिजुली निकालिएपछि स्थानीय दंग छन्। हावाबाट बिजुली निस्कने कुरा विश्वास नगरेका स्थानीयले अहिले भने थप सम्भावना अध्ययन गर्नुपर्ने माग गरिरहेको धनबहादुर ठाडाले बताए। हावाबाट थप बिजुली निकालेर गाउँपालिकाभरि पुर्याउने लक्ष्य रहेको गाउँपालिका कार्यालयले जनाएको छ। एक वर्षअघि प्रधानमन्त्री भएलगत्तै नेकपा अध्यक्ष केपी शर्मा ओलीले हावाबाट पनि बिजुली निकालेर लोडसेडिङ अन्त्य गर्ने बताएका थिए। उनले यसो भन्दा धेरैले हावादारी गफ भनेर पत्याएका थिएनन्। तर हावाबाट बिजुली निकाल्न सकिँदो रहेछ भन्ने उदाहरणमा पाल्पाको निस्दी गाउँपालिका पनि थपिएको छ। निस्दीका विभिन्न गाउँमा वायुबाट बिजुली निकाल्न सम्भावना प्रशस्त रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ।

तीव्र गतिमा चल्ने हावाबाट धेरै विद्युत् निकाल्न सकिन्छ। सात वर्षअघि भएको एक अध्ययनले हावाबाट देशमा ३ हजार मेगावाट बिजुली निकाल्न सकिने सम्भावना देखाएको छ। पहाडका अग्ला डाँडा र नदीका खोंचमा निरन्तर हावा चलिरहन्छ। जुन कहिल्यै पनि सकिँदैन। हावाको गतिअनुसार नै विद्युत उत्पादन हुन्छ। यसका लागि वायुपंखा, कन्ट्रोलर र ब्याट्री आवश्यक पर्छ। अग्लो डाँडामा वायुपंखा फिट गरिन्छ। जसबाट कन्ट्रोल रुम हुँदै ब्याट्रीसम्म तार लैजान सकिन्छ। उक्त ब्याट्रीबाट आवश्यकता अनुसार विद्युत् आपूर्ति गरिन्छ। यो समाचार नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित छ।