१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकले दिए अपहरणको ‘आइडिया’, २० लाख लिएर गरे ६ वर्षे जुम्ल्याहाको हत्या



अ+ अ-

भारतको मध्यप्रदेशस्थित चित्रकुटमा दुई जुम्ल्याहा भाइको अपहरणपश्चात् हत्याको मामला सार्वजनिक भएको छ । पुलिसका अनुसार ती बच्चाहरुलाई ट्युशन पढाउने शिक्षकले घटनाको आइडिया दिएका थिए ।

यस्तै, बच्चाका पिताबाट फिरौतीको २० लाख पाएपछि आरोपीले बच्चाहरुलाई ‘यहाँबाट छुटेपछि हामीलाई चिन्छौ रु’ भनेर सोधे । बच्चाहरुले ‘चिन्छौँ’ भनेपछि उनीहरुको हत्या गरिएको बताइएको छ ।

६ वर्षे श्रेयांश र प्रियांशलाई उनीहरुको स्कूल बसमा बन्दुक देखाएर दिउँसै अपहरण गरिएको थियो । अपहरणकर्ताले बच्चाका पितासँग दुई करोडको फिरौती मागेका थिए । तर अपहरणकर्ताले बच्चाहरुलाई पानीमा डुबाएर हत्या गरे ।

साङ्लाले हात–खुट्टा बाँधेर पानीमा फ्याँकेः

तेल व्यवसायी ब्रजेश रावतका ६ वर्षका जुम्ल्याहा छोराहरुको शव शनिबार राती उत्तर प्रदेशको बान्दा जिल्लाको औगासी घाटमा भेटियो । दुबैको हात–खुट्टा जंजिरले बाँधिएको थियो । अपहरणकर्ताले २० लाखको फिरौती लिएपछि बच्चाको हत्या गरिदिए ।

– पुलिसका अनुसार आरोपीले दुई बच्चालाई सुरुमा क्लोरोफर्म सुँघाएर बेहोस गरेर साङ्लाले हात–खुट्टा र ढुङ्गा बाँधेर यमुना नदीमा फ्याँके । पुलिसले शनिबार घटनाका मास्टरमाइन्ड पदम शुक्लासहित सबै ६ आरोपीलाई पक्राउ गरे र उनीहरुले देखाएको ठाउँमा राती यमुना नदीबाट बच्चाको शव भेटे ।

ट्युशन टिचरले अपहरणको आइडिया दिएका थिएः

रमकेश यादव ती बच्चाहरुलाई ट्युशन पढाउन उनीहरुको घरमै जान्थे । उनैले आफ्ना साथीलाई बच्चाका पिता निकै धनी भएको बताएका थिए ।

– फेब्रुअरी १३ मा अपहरणकारीले बच्चाको परिवारलाई दुई करोड फिरौतीको माग गर्दै फोन गरे । १८–१९ फेब्रुअरी बेलुकी ४ बजे पनि अपहरणकारीले बच्चाका पितासँग फोन गरेका थिए । एजेन्सी