८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

भारतको मरेज फाइटर जेटले पाकिस्तानको आतंककारी शिविर नष्ट गर्याे

भारतको मरेज फाइटर जेटले पाकिस्तानको आतंककारी शिविर नष्ट गर्याे
अ+ अ-

काठमाडौँ । भारतीय वायूसेनाको लडाकु विमानले पाकिस्तान क्षेत्रमा बम खसालेको छ ।

बीबीसी हिन्दीका अनुसार विमानले एलओसी पार गर्दै बालाकोट नामको क्षेत्रमा बम खसालेको हो ।

भारतीय मिडियाहरुले भने वायुसेना सूत्रको हवाला दिँदै भारतका लडाकु विमानले बिहान ३ः३० बजे बालाकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेको दाबी गरेका छन् ।

उता भारतीय संचार माध्यम आजतकले पनि भारतको मरेज फाइटर जेटले पाकिस्तानको आतंककारी शिविरलाई नष्ट गरेको लेखेको छ । पाकिस्तानको सेनाले नै भारतीय विमानस्थलको पाकिस्तानी इलाका पार गरेर आतंककारी शिविरलाई नष्ट गरेको लोखेको छ ।भारतले यसबारे केही बोलेको छैन ।

पाकिस्तानको रक्षा विशेषज्ञ कमर चेमाले भने “हामी अझै पनि पाकिस्तानी सरकारको आधिकारिक बयानको प्रतीक्षा गर्दैछौं, भारतीय सरकारले चुनावलाई हेर्दा यस्तो किसिमको वातावरण बनाइरहेको छ।”

पूर्व जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुलले सामाजिक संजालमा टुईट गर्दै भनेका छन, “यदि यो सत्य हो भने यो एउटा ठूलो कार्य हो । तर, हामीले यसमाथि भारतीय सरकारको आधिकारिक कथनको प्रतीक्षा गर्नुपर्छ।” उनले भने अब यो कसरी हेर्नु पर्छ पाकिस्तानले यो कार्यलाई कसरी प्रतिक्रिया दिन्छ।

गत १४ फेब्रुअरीमा भारत प्रशासित काश्मिरको पलुवामामा आतंकवादी समूहको आक्रमणबाट ४६ भारतीय सैनिक मारिएका थिए । उक्त आतंकवादी समूहलाई पाकिस्तानले संरक्षण दिएको आरोप भारतले लगाइरहेको छ । यसले गर्दा दुई देशबीचको सम्वन्धमा तनाव उत्पन्न भइरहेको छ ।