८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको मरेज फाइटर जेटले पाकिस्तानको आतंककारी शिविर नष्ट गर्याे



अ+ अ-

काठमाडौँ । भारतीय वायूसेनाको लडाकु विमानले पाकिस्तान क्षेत्रमा बम खसालेको छ ।

बीबीसी हिन्दीका अनुसार विमानले एलओसी पार गर्दै बालाकोट नामको क्षेत्रमा बम खसालेको हो ।

भारतीय मिडियाहरुले भने वायुसेना सूत्रको हवाला दिँदै भारतका लडाकु विमानले बिहान ३ः३० बजे बालाकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेको दाबी गरेका छन् ।

उता भारतीय संचार माध्यम आजतकले पनि भारतको मरेज फाइटर जेटले पाकिस्तानको आतंककारी शिविरलाई नष्ट गरेको लेखेको छ । पाकिस्तानको सेनाले नै भारतीय विमानस्थलको पाकिस्तानी इलाका पार गरेर आतंककारी शिविरलाई नष्ट गरेको लोखेको छ ।भारतले यसबारे केही बोलेको छैन ।

पाकिस्तानको रक्षा विशेषज्ञ कमर चेमाले भने “हामी अझै पनि पाकिस्तानी सरकारको आधिकारिक बयानको प्रतीक्षा गर्दैछौं, भारतीय सरकारले चुनावलाई हेर्दा यस्तो किसिमको वातावरण बनाइरहेको छ।”

पूर्व जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुलले सामाजिक संजालमा टुईट गर्दै भनेका छन, “यदि यो सत्य हो भने यो एउटा ठूलो कार्य हो । तर, हामीले यसमाथि भारतीय सरकारको आधिकारिक कथनको प्रतीक्षा गर्नुपर्छ।” उनले भने अब यो कसरी हेर्नु पर्छ पाकिस्तानले यो कार्यलाई कसरी प्रतिक्रिया दिन्छ।

गत १४ फेब्रुअरीमा भारत प्रशासित काश्मिरको पलुवामामा आतंकवादी समूहको आक्रमणबाट ४६ भारतीय सैनिक मारिएका थिए । उक्त आतंकवादी समूहलाई पाकिस्तानले संरक्षण दिएको आरोप भारतले लगाइरहेको छ । यसले गर्दा दुई देशबीचको सम्वन्धमा तनाव उत्पन्न भइरहेको छ ।