२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूर पहाडमा हिमपात, भोली उपत्यकामा पानी पर्ने सम्भावना



अ+ अ-

बैतडी । मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोड्पे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए ।

बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका र बङ्गल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ । यस्तै दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, ब्यास, तिङ्कर लगायतका ठाउँमा हिमपात भएको छ ।

हिमपातले चिसो बढेकोले वृद्धवृद्धा, बालबालिका तथा दैनिक ज्याला मजदूरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् । यो वर्ष मात्रै सुदूरपहाडमा पाँच पटक हिमपात भएको छ ।