८ पुष २०८२, मंगलवार
,
Latest
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजुरबुबाले जस्तै रेल चढेर भियतनाम पुगे किम जोङ उन



अ+ अ-

काठमाडैँ । उत्तर कोरियाका नेता किम जोङ उन आफ्नो हजुरबुबाले जस्तै रेल चढेर भियतनाम पुगेका छन् ।

उन चार हजार दुरी पार गर्द आफ्नो हजुरबुबा उत्तर कोरियाली पहिलो नेता किम इल सुन जस्तै गरि रेलमा भियतनाम पुगेका हुन् । किमसँगै उनकी बहिनी किम यो जोङ र प्रमुख मध्यस्थकर्ता पूर्वसैनिक किम योङ चोल पनि भियतनाम आएको अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि उनी भियतनाम आएका हुन् । गत वर्ष सिंगापुरमा भएको वार्ताको निरन्तरतामा अर्को वार्ता भियतनाममा हुन लागेको हो । उनको स्वागतमा डोङ डाङ सीमासम्म रातो कार्पेट विछ्याइएको थियो ।

किम आउनुअघि डोङ डाङ स्टेशन सर्वसाधारणका लागि बन्द गरिएको थियो । त्यहाँबाट उनलाई स्कर्टिङसहित राजधानी हानोइ लगिएको छ । अब उनले कारमा १७० किलोमिटर यात्रागर्नेछन् ।

वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार अबेर भियतनाम आउने कार्यक्रम छ । ट्रम्प र किमबीच बुधबार बेलुका एक्लाएक्लै कुराकानी गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनीहरुले आफ्ना सहयोगीलाई पनि साथमा राखेर सँगै डिनर गर्ने ह्वाइटहाउसका प्रवक्ता सराह स्यान्डर्सले उल्लेख गरेका छन् । ट्रम्प र किमले बुधबार पनि अर्को चरणको वार्ता गर्नेछन् ।

सिंगापुर वार्ताका क्रममा उत्तर कोरियालाई निशस्त्रीकरणको बाटोमा लैजान दुबै पक्ष सहमत भएका थिए । तर यो विषय अमुर्त भएकाले कार्यान्वयन हुन सकेको थिएन । भियतनाममा हुने वार्ताले दुबै देश मिलेर निशस्त्रीकरणको बाटोमा लैजान सहमत हुने विस्वास गरिएको छ ।