७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी क्षेत्रको विकासमा लाग्नूस् : मन्त्री आले



अ+ अ-

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । 

लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उहाँले लुम्बिनी क्षेत्रको विकासका लागि तत्काल खटिन कोषका पदाधिकारीहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरुको पाँचवर्षे कार्यकाल छ, आफ्नो कार्यकालभित्र लुम्बिनी क्षेत्रको विकास गर्नुस् ।” 

मन्त्री आलेले आउँदै गरेको बुद्ध जयन्तीलाई भव्य तथा सभ्य रुपमा सफल पार्नका लागि एकजुट भएर लाग्न सबै पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो । उहाँले भन्नुभयो, “बुद्ध जयन्तीका लागि सबै जुटौँ, देश विदेशबाट जति सक्दो बढी बुद्ध धर्मावलम्बी तथा पर्यटकलाई भित्र्याउनका लागि प्रचारप्रसारमा लाग्नुस्, मैले गर्नुपर्ने सहयोग म गर्न तयार छु ।” 

मन्त्री आलेले नवनियुक्त पदाधिकारीलाई शुभकामना तथा बधाई दिनुहुँदै उच्च मनोबलका साथ काम गर्नसमेत पदाधिकारीलाई निर्देशन दिनुभयो । हालसम्म लुम्बिनी विकास कोषअन्तर्गत ८१ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्नका लागि जति लाग्छ, त्यसको लागत स्टिमेट ल्याउन र एकै चोटि काम सम्पन्न गर्ने गरी बहुवर्षीय प्रक्रियाबाट काम अगाडि बढाउने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री आलेले लुम्बिनी क्षेत्रमा हाल भइरहेका कामहरु क्वालिटी योग्य भएको आफूले अनुगमनका क्रममा पाएकाले सोही अनुसार अन्य काम पनि अगाडि बढाउन निर्देशन दिनुभयो ।