११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नेपालमा पनि भारतकै दादागिरी, पुल तर्न नदिँदा स्थानीय ट्युवकै सहारामा नदी वारपार गर्दै

नेपालमा पनि भारतकै दादागिरी, पुल तर्न नदिँदा स्थानीय ट्युवकै सहारामा नदी वारपार गर्दै
अ अ+ अ-

दार्चुला । सरकारको तुईन विस्थापन कार्यक्रमअन्तर्गत महाकाली नदिमा निर्माण गरिएको झोलुंगे पुलकोे प्रयोगमा भारतले रोक लगाएको छ । दार्चुलाको लेकम गाउँपालिका–३ स्थित लालीमा छिरबिला र भारतको डौडा जोड्ने गरि बनेको उक्त पुललाई भारतले अनुमति नदिँदा स्थानीय बासीहरुले पुलकोे प्रयोगबाट बञ्चीत भएका हुन् ।

तीन महिना पहिले निर्माण सम्पन्न भएको झोलुंगे पुलमा आवागमन हुन सक्ने निष्कर्ष निकाले पनि स्थानीय अझै ट्युवकै सहारामा नदी वारपार गर्दै आएका छन् ।

भारतीय पक्षल पठाएको सस्पेन्स ब्रीज डिभिजनबाट आएको प्राविधिक टोलीले पुल सञ्चालन गर्न सकिने जनाए पनि भारतीय पक्षको अनुमति नहुदाँ हालसम्म पुल सञ्चाल नभएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिखित र इमेलमार्फत भारतीय पक्षलाई ३÷४ पटक पत्राचार गर्दा पनि कुनै प्रतिक्रिया नदिएपछि पुल सञ्चालन गर्न नसकिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह भारतीय पक्षले नमानेपछि प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले प्रदेश सभा र प्रतिनिधिसभा सदस्यलाई पुलको बिषयमा जानकारी गराइएको बताए ।

२०७३ असोज ४ गतेबाट निर्माण सुरु भएको उक्त झोलुंगे पुल एक करोड ३२ लाख रुपैयाँको लागतमा मनोमालिका कन्सट्रक्शनले निर्माण गरेको हो ।