६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलबवापतको रकमबाट वृद्धवृद्धालाई सम्मान



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–५ का वडाध्यक्ष खजेन्ची लामाले आफ्नो तलबवापत आएको रकमबाट यहाँका ज्येष्ठ नागरिकलाई सहयोग तथा सम्मान गर्नुभएको छ ।

च्यासिङखर्कको च्याल्टीमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले ७० वर्षभन्दा माथिका १५१ ज्येष्ठ नागरिकलाई हिँडडुल गर्नमा सहज होस् भन्ने उद्देश्यले लठ्ठी वितरण तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

सो अवसरमा उहाँले ज्येष्ठ नागरिकलाई राज्यले उचित ढङ्गले सम्मान गर्न आवश्यक रहेको बताउँदै जनप्रतिनिधिले आफ्नो तलबबाट भए पनि ज्येष्ठ नागरिकको सहयताका लागि लठ्ठी वितरण गर्नु राम्रो काम भएको धारणा व्यक्त गर्नुभयो ।

बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले शिक्षा, स्वास्थ्य, सुरक्षा र विकास निर्माणका कार्य गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।

वडाध्यक्ष लामाले वृद्धवृद्धाको नजीकको सहारा भनेको लठ्ठी नै भएकाले सोहीअनुसार आफूले उहाँहरुलाई लठ्ठी वितरण गरेको बताउनुभयो । वडाध्यक्ष लामाले रु दुई लाखको लागतमा दुई सय लठ्ठी खरीद गरी १५१ जनालाई वितरण गरिएको जानकारी दिनुभयो ।