३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

तलबवापतको रकमबाट वृद्धवृद्धालाई सम्मान

तलबवापतको रकमबाट वृद्धवृद्धालाई सम्मान
अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–५ का वडाध्यक्ष खजेन्ची लामाले आफ्नो तलबवापत आएको रकमबाट यहाँका ज्येष्ठ नागरिकलाई सहयोग तथा सम्मान गर्नुभएको छ ।

च्यासिङखर्कको च्याल्टीमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले ७० वर्षभन्दा माथिका १५१ ज्येष्ठ नागरिकलाई हिँडडुल गर्नमा सहज होस् भन्ने उद्देश्यले लठ्ठी वितरण तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

सो अवसरमा उहाँले ज्येष्ठ नागरिकलाई राज्यले उचित ढङ्गले सम्मान गर्न आवश्यक रहेको बताउँदै जनप्रतिनिधिले आफ्नो तलबबाट भए पनि ज्येष्ठ नागरिकको सहयताका लागि लठ्ठी वितरण गर्नु राम्रो काम भएको धारणा व्यक्त गर्नुभयो ।

बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले शिक्षा, स्वास्थ्य, सुरक्षा र विकास निर्माणका कार्य गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।

वडाध्यक्ष लामाले वृद्धवृद्धाको नजीकको सहारा भनेको लठ्ठी नै भएकाले सोहीअनुसार आफूले उहाँहरुलाई लठ्ठी वितरण गरेको बताउनुभयो । वडाध्यक्ष लामाले रु दुई लाखको लागतमा दुई सय लठ्ठी खरीद गरी १५१ जनालाई वितरण गरिएको जानकारी दिनुभयो ।