१६ फाल्गुन २०८१, शुक्रबार
February 28, 2025 Friday
Latest
इजरायलद्वारा सयौं प्यालेस्टिनी कैदी रिहा गर्न शुरु ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने अध्यक्ष दाहालको विश्वास बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’ कुमारी सहकारी हिनामिना प्रकरणः एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छः सभापति देउवा पर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउ पुर्‍याउँछः राष्ट्रपति यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा पर्सामा साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठक स्तब्ध भएको त्यो हृदयविदारक सूचना



अ+ अ-

काठमाडौँ । दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो । सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो । समिति बैठक कक्षको ढोकाको छेउमै बसेको थिएँ म । बाहिर निस्कने क्रममा सचिव राईले भन्नुभयो, ‘‘बैठक लामै हुने भयो है ।’’

करिब चार÷पाँच मिनेटको अन्तरालमा राई पुनः बैठक कक्षमा प्रवेश गर्नुभयो । सांसदहरुको बहस सकिएकै थिएन । बैठक कक्षमा प्रवेश गर्नसाथ सभापति शशी श्रेष्ठसँग बोल्नका लागि सङ्केत गर्दै राईले भन्नुभयो, ‘‘अत्यन्तै दुःखद् खबर आयो म निस्कनुपर्ने भयो ।’’

चर्को बहस भइरहेको बैठककक्ष शान्त भयो । मैले छेउमा रहेका साथीहरूलाई भनेँ, ‘‘सिरियस भएर फर्कनुभयो सचिवज्यू, के भएछ रु’’ केही बेरपछि गला अवरुद्ध शैलीमा सचिव राईले थप्नुभयो ‘तेह्रथुमको विमानस्थल अनुमगनका क्रममा जानुभएका माननीय पर्यटनमन्त्री रवीन्द्र अधिकारी त्यहाँबाट ताप्लेजुङको पाथीभरा पुग्नेक्रममा दुर्घटनामा परेको खबर आयो । एयर डाइनेस्टीको हेलिकोप्टरमा उहाँ जानुभएको थियो । साथमा डाइनेस्टीकै मालिक आङछिरिङ शेर्पासहित छ जना रहेको प्रारम्भिक सूचना छ ।’

सचिव राईको सूचनामा बैठकक्ष स्तब्ध बन्यो । यो समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।