• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै

अधुरै रह्यो मन्त्री अधिकारीको जर्मनी पुगेर पर्यटन प्रवद्र्धन गर्ने इच्छा



काठमाडौं । संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो ।

संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि मंगलबारसम्म हुने कार्यक्रममा जाने निर्धारित कार्यक्रम मन्त्री अधिकारीको थियो । ‘युरो एसिया माउन्टेन कन्क्लेभ’ नाम लिएको कार्यक्रममा भाग लिएर नेपालको प्रवर्द्धन गर्ने मन्त्री अधिकारीको सपना अधुरै रहेको छ ।

मन्त्री अधिकारी स्वकीय सचिव दीपक थापा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसँगै बिहीबार बिहान ८:५० बजे कतार एयरवेजमार्फत् कार्यक्रममा जाने निश्चित भएको थियो ।

जर्मनीको म्युनिख एयरपोर्टले नेपालमा विमानस्थल निर्माणमा चासो देखाएकाले सो विमानस्थलको व्यवस्थापन अध्ययनसहितको विषयमा जानकारी लिन मन्त्री अधिकारी त्यहा जान लागेका थिए । अधिकारी शनिबार र आइतबार जर्मनीको कार्यक्रममा सहभागी हुने पूर्व्निर्धा्रित कार्यक्रम थियो ।

उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने, नेपालको पर्वतीय पर्यटनमा भएको नकारात्मक विषयलाई चिर्न सकारात्मक सन्देश दिने खालको प्रवद्र्धन गर्ने र नेपाललाई हिमालयन डेस्टिनेशनको रूपमा प्रवर्द्धन गर्ने तयारी थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।