१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधुरै रह्यो मन्त्री अधिकारीको जर्मनी पुगेर पर्यटन प्रवद्र्धन गर्ने इच्छा



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो ।

संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि मंगलबारसम्म हुने कार्यक्रममा जाने निर्धारित कार्यक्रम मन्त्री अधिकारीको थियो । ‘युरो एसिया माउन्टेन कन्क्लेभ’ नाम लिएको कार्यक्रममा भाग लिएर नेपालको प्रवर्द्धन गर्ने मन्त्री अधिकारीको सपना अधुरै रहेको छ ।

मन्त्री अधिकारी स्वकीय सचिव दीपक थापा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसँगै बिहीबार बिहान ८:५० बजे कतार एयरवेजमार्फत् कार्यक्रममा जाने निश्चित भएको थियो ।

जर्मनीको म्युनिख एयरपोर्टले नेपालमा विमानस्थल निर्माणमा चासो देखाएकाले सो विमानस्थलको व्यवस्थापन अध्ययनसहितको विषयमा जानकारी लिन मन्त्री अधिकारी त्यहा जान लागेका थिए । अधिकारी शनिबार र आइतबार जर्मनीको कार्यक्रममा सहभागी हुने पूर्व्निर्धा्रित कार्यक्रम थियो ।

उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने, नेपालको पर्वतीय पर्यटनमा भएको नकारात्मक विषयलाई चिर्न सकारात्मक सन्देश दिने खालको प्रवद्र्धन गर्ने र नेपाललाई हिमालयन डेस्टिनेशनको रूपमा प्रवर्द्धन गर्ने तयारी थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।