१८ माघ २०८१, शुक्रबार
,
Latest
प्रतिनिसभाको अर्को बैठक माघ २४ गते बस्ने गायिका एलिना चौहानले गरिन् सम्बन्धविच्छेदको मुद्दा दायर प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइनः महामन्त्री शर्मा हिउँदे अधिवेशनलाई जनताको जीवनमा सुधार ल्याउने गरी अघि बढाउन खबरदारी गर्छौंः जनार्दन शर्मा खाडीको पैसाले सरकार र संसद चलिरहेको छ, प्रधानमन्त्रीले विकासको कुरा गर्दा आश्चर्य लाग्छः अध्यक्ष केसी टिपटप डीएभी क्रिकेट एकेडेमीले जित्यो इन्डो-नेपाल क्रिकेटको उपाधि सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रणका लागि नभइ प्रभावकारी नियमनका लागि: महेश बर्तौला भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन किक बक्सिङ टोली भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने



अ+ अ-

पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ ।

कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उहाँका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएको हो ।

स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले आज बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिनुभयो ।