३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

चार बालिकालाई ……. गर्ने यौन पिपासु प्रधानाध्यापकलाई……………

चार बालिकालाई ……. गर्ने यौन पिपासु प्रधानाध्यापकलाई……………
अ+ अ-

पर्वत । आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ ।

जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो ।

विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १० वर्षीया एक बालिका र १२ वर्षीया एक बालिका गरी चार बालिकालाई विद्यालयमा यौन हिंसा गरेको आरोपमा गत साउन ६ गते प्रधानाध्यापक ५० वर्षीय पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो ।

छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत फोबिया भएको बताएपछि छोरीलाई सोध्दा शिक्षकले हिंसा गर्दै आएको थाहा भएको भन्दै पीडित बालिकाका अभिभावकले प्रहरीमा गत साउन ६ गते नै उजूरी दिएका थिए ।

आरोपित कुँवरलाई गिरफ्तार गरी प्रहरीले यौनजन्य हिंसा अपराधअन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाउपर अदालतले सात वर्षीया दुई बालिकालाई यौन अपराध गरेको हकमा पाँच वर्ष र सोभन्दा माथिल्लो उमेरका बालिकाको यौन अपराधमा चार वर्ष अधिकतम कैद सजाय हुने गरी फैसला गरेको हो ।

डेढ सय महिला तथा बालबालिका बेपत्ता

विगत १७ महीनाको अवधिमा जिल्लाबाट १५४ महिला तथा बालबालिका बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ९८ महिला तथा बालबालिका हराएका थिए । चालू आर्थिक वर्षको पहिलो सात महिनामा ५६ महिला तथा बालबालिका हराएका छन् ।

जिल्लाको तथ्याङ्क हेर्दा महिला तथा बालबालिका हराउने क्रममा वृद्धि हुँदै गएको छ । गत आवमा हराएका ९८ महिला तथा बालबालिकामध्ये १० जना सम्पर्कमा आएका छैनन् भने अन्य परिवार तथा प्रहरीको सम्पर्कमा आइसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै चालू आवमा हालसम्म हराएका २८ महिलामध्ये १५ जना सम्पर्कमा आइसकेका छन् भने १३ जना अझै फेला परेका छैनन् । उक्त अवधिमा हराएका चार बालक र २४ बालिका गरी २८ बालबालिकामध्ये दुई बालक फेला परेका छन् भने दुई अझै सम्पर्कमा आएका छैनन् । २४ बालिकामध्ये २२ बालिका सम्पर्कमा आएका छन् भने दुई जना अझै सम्पर्कमा नआएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

हराउने बालिकामध्ये कोहीले भागेर आफैँ बिहे गर्ने गरेको पाइएको छ । वर्तमान कानूनले १८ वर्ष उमेर समूहलाई बालबालिकाको सूचीमा राखिएको छ भने १८ वर्ष उमेर नपुग्दै प्रेम विवाह तथा भागी विवाह गर्ने गरेकाले हराएको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोगले समेत बालिका प्रभावित बनेर परिवारलाई जानकारी नै नदिई घर छाडेर हिँड्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

हराएका महिलामध्ये पनि अधिकांश महिला श्रीमान् घरमा नभएको अवस्थामा दोस्रो विवाह गर्ने र सम्पर्कमा नआउने गरेका छन् । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश जाँदा घरमा रहेकी श्रीमती अर्कै पुरुषसँग सम्बन्ध बढाएर गएकोसमेत प्रहरीको तथ्याङ्क छ ।

प्रहरीले उजूरी प्राप्त हुनासाथ मातहतका सबै प्रहरी युनिटमा सर्कुलर गर्ने र हराएका तथा हराएर फेला परेका व्यक्ति अद्यावधिक गर्ने कार्य शुरु गरेको छ । विगतका वर्षमा प्रहरीमा हराएको मात्रै उजूरी पर्ने तर फेला परेपछि कुनै जानकारी प्राप्त नहुने भएपछि तथ्याङ्क अद्यावधिक हुन समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

हराएपछि खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि फेला परेपछि धेरैले जानकारी नगराएकाले अहिले हराएर फेला परेका व्यक्तिको मुचुल्का नै तयार गरेर परिवारलाई जिम्मा लगाउने र तथ्याङ्क पुनरावलोकन गर्ने गरेको उहाँले बताउनुभयो ।