• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

भारत र पाकिस्तान विवादले सिमामा कडाइ, विप्लव कार्यकर्तामाथि थप निगरानी



भैरहवा । भारत र पाकिस्तानबीच विवाद बढ्दै गएपछि नेपाल–भारत सिमानामा कडाइ गरिएको छ। नेपाल र भारत नाकाबाट हुने सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण गर्न रूपन्देही र सुनौली नाकामा सुरक्षा जाँचमा कडाइ गर्न थालेका छन् ।


प्रहरीले एनसेलको बिभिन्न जिल्लमा रहेको टावरमा बम बिष्फोट गराएपछि विप्लव नेतृत्वको नेकपाको गतिविधि पनि निगरानी गर्न सुरक्षा टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार विप्लवका कार्यकर्ताहरुले पनि घटना घटाउन सक्ने भन्दै उनिहरु माथि निगरानी राखिएको हो ।

विप्लवका कार्यकताहरुलाई नेपाल प्रहरीको टोलीले आवश्यक निगरानी राखेको छ भने भारतले आफ्नो नाका वरपर भारतीय गुप्तर संस्था (रअ), इन्टिलिजेन्स ब्युरो (आइबी), स्पेसल टाक्स फोर्स (एसटिएफ), लोकल इन्टिलिजेन्स युनिट (एलआइयु), सीमा सुरक्षा बल (एसएसबी) लगायत युनिट सीमा नाकामा खटाएको छ ।

उक्त युनिटले केही महिनापछि हुन लागेको लोकसभा निर्वाचनमा हुन सक्ने घुसपैठ रोक्न पनि यी स्रोतको परिचालन गरेको हो ।

प्रमुख सब–इन्सपेक्टर राजेन्द्र सिंहले भने, ‘सबै गुप्तर संयन्त्र आआफ्नो ढंगले निगरानी गर्दै नाकामा सक्रिय छन्’, स्रोतले भन्यो, ‘सूचना स्रोतसँग पनि उनीहरु निरन्तर सम्पर्कमा छन्।’ अवैध घुसपैठका लागि सुनौली नाका संवेदनशील मानिन्छ।

सिंहले नाकाबाट विस्फोटक पदार्थ भित्रिन सक्ने सम्भावना रहेकाले चौबीसै घन्टा निगरानीमा राखेर गस्ती गरिरहेको बताए।