• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन्

घरमै बच्चा जन्माउँदा १७ वर्षीया किशोरीको मृत्यु



लमही । घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको घरमै बच्चा जन्माएपछि उनको निधन भएको हो ।

शनिबार दिउँसो १२ बजे घरमै बच्चा जन्माएकी केसीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको राजपुर स्वास्थ्यचौकीका निमित्त प्रमुख खिमबहादुर रावतले जानकारी दिए । ‘‘दिउँसो १२ बजे बच्चा जन्मिएको परिवारले हामीलाई जानकारी दिए, बच्चा घरमै जन्मिएकाले होला, त्यसपछि साल अड्किदा अत्यधिक रक्तस्राव भएको अवस्थामा साँझ ५ बजे स्वास्थ्यचौकी ल्याइएको थियो’’ उनिले भनिन्, “अन्तिम अवस्थामा स्वास्थ्यचौकीमा ल्याइएकाले सामान्य सलाइन चढाएर हामीले घोराही पठाएका थियौं ।” सुत्केरीलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो तर त्यहाँ पुग्नसाथ शनिबार साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

व्यथा लाग्नसाथ स्वास्थ्यचौकी ल्याएको भए यस्तो स्थिति हुने थिएन होला तर अत्यधिक रक्तस्राव भएर बेहोस् भएपछि मात्रै अस्पताल ल्याइएको निमित्त प्रमुख रावतले बताए । साल अड्किएकाले उत्यधिक रक्तस्राव भएको र त्यही कारणले सुत्केरीको मृत्यु भएको र शिशुको अवस्था भने सामान्य रहेको उनको भनाइ थियो ।

स्वास्थ्यचौकीमा बिरामीका लागि निःशुल्क रुपमा घरमै एम्बुलेन्स पु¥याउने व्यवस्था भए पनि बिरामीले चासो नदिँदा पटक–पटक यस्तो समस्या हुने गरेकाले यस विषयमा चेतना जगाउनु आवश्यक रहेको निमित्त प्रमुख रावतले बताए ।

आफूहरुले गर्भवती महिलालाई नियमित जाँच गराउन तथा स्वास्थ्य संस्थामा गएर मात्रै सुत्केरी हुन अनुरोध गर्दा पनि अझै कतिपय स्वास्थ्य संस्था नआउने गरेको उनले बताए ।