६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहानै घरबाट नर्सिङ क्याम्पस हिँडेकी एक छात्राको शव फेला



अ+ अ-

पोखरा । पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी गराए ।

नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज बिहानै क्याम्पस जानका लागि घरबाट हिँडेको बताइएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ ।