वीरगञ्ज । अपहरण तथा शरीर बन्धक कसुरको घटनाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्न महानगरपालिका–१६ बस्ने रामप्रवेश साह गोढलाई पक्राउ गरेको हो ।
उनी विरुद्ध पर्सा जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो । फागुन १८ गते घरबाटै पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पर्सामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) अनन्तराम शर्माले जानकारी दिए ।