• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

राज्यको ढुकुटीमा ओली सरकारको मनपरी, यसरी बाँड्यो दुई अर्ब



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ।

२०७४ फागुन ३ मा सरकारको नेतृत्वमा आएपछि ओलीको विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार गरेका थिए। ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र शहीद घोषणा नाममा एक अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबा बाँडेको हो। त्यस्तै, विदेश भ्रमणमा करिब २३ करोड रुपैयाँ खर्च भएको छ।

सहायता माग्दै दर्ता भएका तीन हजारभन्दा बढी निवेदन अझै विचाराधीन रहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन्। द्वन्द्वपीडित, विपन्न, स्वास्थ्य उपचार र जीविकोपार्जन समस्या देखाउँदै सहायता माग्ने गरेको गृह मन्त्रालयले जनाएको समाचार नागरिक दैनिकमा छ।