• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

पाठकले लिएको ७८ लाख घुस प्रकरणमा एसएसपी पनि मुछिए



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरप्रताप सिंहको नामसमेत जोडिएको छ । आफूले घुस लिएको स्वीकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेको खुलेको छ ।

‘भिडियो प्रकरणमा प्रत्यक्ष जोडिएका केही व्यक्तिसँग बयान सुरु भइसकेको छ, उनीहरुले प्रमाण नष्ट गर्न पाठकले एसएसपी सिंहलाई परिचलान गरको बयान र्दिका छन्,’ अख्तियार स्रोतले भन्यो, ‘भिडियो खिच्ने समूहलाई पक्राउ गरी भिडियो नष्ट गर्न दबाब दिने, धम्क्याउनेदेखि सादा कागजमा बयान गराएको सम्म खु्लेको छ ।

अख्तियार स्रोतका अनुसार महाशाखा प्रमुख सिंहसहित साइबर अपराधसमेत हेर्ने महाशाखाको पिलर ४ का डीएपीलगायतको टोलीले पटक पटक धरपकडदेखि दुव्र्यवहार गरेको बताएका छन् । यो समाचार कान्तिपुर दैनिकले प्रकासित गरेको छ ।