• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु ★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’

घरमा हुने सुत्केरी शून्य वडा घोषणा



बैतडी । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि बैतडीको पुर्चौडी नगरपालिका–७ कोटीला घरमा हुने सुत्केरी शून्य वडा घोषणा भएको छ ।

घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई आइतबार एक कार्यक्रमका बीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको कोटीला स्वास्थ्यचौकीका इञ्चार्ज सुमन लुहारले जानकारी दिनुभयो । गएको एक वर्षको अवधिमा वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार चार पटक गर्भजाँच गरेको, गर्भवतीले टिटी खोप लगाएको, नियमित रुपमा आइरन चक्की खाएकोलगायतका सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।

कोटीला पुर्चौंडी नगरपालिकाको तेस्रो र जिल्लाको १२ औँ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । पुर्चौंडीको वडा नं १ हाट र वडा नं ५ कुवाकोट यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका थिए ।

त्यसैबीच पुर्चौंडी नगरपालिकाले नगरपालिकाका २० जना अनाथ तथा टुहुरा बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले प्रत्येक वडाका दुई÷दुई जनालाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको शाखा प्रमुख सरिता अवस्थीले जानकारी दिनुभयो ।
अनाथ तथा टुहुरा बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले सो कार्य गरिएको होे । नगरपालिकाले चालू आर्थिक वर्षमा टुहुरा तथा अनाथ बालबालिकाका लागि रकम छुट्याएको र सोही रकमबाट पोशाक र शैक्षिक सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ