३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

घरमा हुने सुत्केरी शून्य वडा घोषणा

घरमा हुने सुत्केरी शून्य वडा घोषणा
अ+ अ-

बैतडी । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि बैतडीको पुर्चौडी नगरपालिका–७ कोटीला घरमा हुने सुत्केरी शून्य वडा घोषणा भएको छ ।

घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई आइतबार एक कार्यक्रमका बीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको कोटीला स्वास्थ्यचौकीका इञ्चार्ज सुमन लुहारले जानकारी दिनुभयो । गएको एक वर्षको अवधिमा वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार चार पटक गर्भजाँच गरेको, गर्भवतीले टिटी खोप लगाएको, नियमित रुपमा आइरन चक्की खाएकोलगायतका सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।

कोटीला पुर्चौंडी नगरपालिकाको तेस्रो र जिल्लाको १२ औँ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । पुर्चौंडीको वडा नं १ हाट र वडा नं ५ कुवाकोट यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका थिए ।

त्यसैबीच पुर्चौंडी नगरपालिकाले नगरपालिकाका २० जना अनाथ तथा टुहुरा बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले प्रत्येक वडाका दुई÷दुई जनालाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको शाखा प्रमुख सरिता अवस्थीले जानकारी दिनुभयो ।
अनाथ तथा टुहुरा बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले सो कार्य गरिएको होे । नगरपालिकाले चालू आर्थिक वर्षमा टुहुरा तथा अनाथ बालबालिकाका लागि रकम छुट्याएको र सोही रकमबाट पोशाक र शैक्षिक सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ