३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

सूचना तथा सञ्चार प्रविधिको विकासले बालीघरे प्रथा हरायो

सूचना तथा सञ्चार प्रविधिको विकासले बालीघरे प्रथा हरायो
अ+ अ-

बेझाड । गाउँघरमा परम्परादेखि नै चल्दै आएको बालीघरे (कटुवाल) प्रथा पछिल्लो समयमा हराउँदै गएको छ । गाउँमा हुने शुभकार्य, विभिन्न कार्यक्रम, भेला, बैठकसम्बन्धी सूचना प्रवाह गर्न एक जनालाई बालीघरेका रुपमा राखिन्थ्यो ।

यसरी बालीघरेका रुपमा बसेका व्यक्तिले गाउँघरका हरेक गतिविधि, बैठक, भेलालगायत विभिन्न सूचना सन्देश सबैका घर घरमा पुगेर खबर गर्नुपथ्र्यो । पछिल्लो समयमा भने यो प्रथा गाउँघरबाटै हटिसकेको छ । रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने चन्द्रकला नेपालीले झण्डै चार दशक जतिको समय बालीघरेको काम गरेर बिताए । उनले गाउँ टोल र वन समूहका सूचना घरघरमा पु¥याएर घरपरिवार चलाएको अनुभव सुनाए ।

करीब २०० घरधुरीको हाराहारीमा सूचना प्रवाह गरेर बालीघरेको काम गरेको नेपालीले भने, “गाउँमा विवाह, पूजाआजा, भोजभतेर, सामुदायिक वन, वडाका भेला, बैठक हुँदा सबैका घरघरमा पुगी खबर गरेर लामो समय बिताए, अहिले यो चलन गाउँघरबाटै हटिसक्यो ।”

यसरी खबर गरेबापत उनले केही अनाज, तरकारी, रकम पाउनुहुन्थ्यो र त्यसैबाट आफ्नो जनजीविका चलाउने गर्थे । आफ्नो जीवनको लामो समय बालीघरेका रुपमा काम गरेको नेपालीले भन्नुभयो “वडाभित्रका घरघरमा पुगेर सूचना प्रवाह गराएवापत एक घरधुरीबाट एक पाथी धान, चामल, तरकारी, गेडागुडी पाइन्थ्यो, सक्नेले केही बढी पनि दिने गर्थे ।”
विवाह, भोजभतेर, पूजाआजा शुभकार्य गर्ने घरपरिवारले तोकिएभन्दा बढी केही रकम दिने गरेको उहाँ बताउनुहुन्छ । लुगा, जुत्ता सिलाउन, खेतबारी खनजोत गर्नका लागि पनि घरघरमा एक जना बालीघरे राख्ने चलन थियो । गाउँका धनी व्यक्तिका सबैका घरघरमा तल्ला वर्गका व्यक्तिलाई बालीघरेका रुपमा राखिन्थ्यो ।

पहिले एक जोडी कपडा, जुत्ता सिलाएबापत एक माना चामल र वर्षभरिमा एक पाथी धान दिने चलन थियो । रामपुर नगरपालिका–५ सुन्दरटोलका टीकामाया दर्जीले लामो समयसम्म बालीघरेका रुपमा लुगा सिलाउने काम गरेको बताए । “लुगा सिलाएर सकिएपछि घरघरमा लुगा पुर्याइदिन्थे र ज्यालावापत चामल, धान ल्याएर जीविका चलाइन्थ्यो,” उनले भने । अहिले यसरी बालीघरे रुपमा लुगा, जुत्ता चप्पल सिलाउने कार्य पनि हटिसकेको छ ।

हिजोआज सूचना तथा सञ्चार प्रविधिको विकासले बालीघरे प्रथा हराउन थालेको हो । पछिल्लो समयमा सूचना सञ्चार प्रविधिको पहुँच, गाउँगाउँमा एफएम रेडियो स्थापना, मोबाइल, इन्टरनेटलगायत विभिन्न प्रविधिको विकासले पुरानो बालीघरे प्रथा हराएको रामपुरका समाजसेवी लेखनाथ शर्मा मरासिनीले बताए ।

हिजोआज गाउँका खबर, वडा, वन समूह, बाटो, खानेपानीलगायत विभिन्न सूचना स्थानीय एफएम रेडियोबाट बज्ने गरेका छन् । यसले पनि पुरानो बालीघरे प्रथाको काम गरिरहेको छ ।