६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवान शिवको बहानमाथि सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौँ । छाडा छोडिएका गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग लगायतलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले आइतबार दायर गरेको रिट निवदेनमा गाईगोरुप्रति गरिँदै आएको व्यवहार अन्त्य गरी तत्काल रोग, भोक, ओतको समस्या अन्त्य गर्न माग गरिएको छ ।

नेपालको संविधानको धारा ९ (३) अनुसार गाईलाई राष्ट्रिय जनावर भन्ने स्पष्ट उल्लेख गरी समग्र जनताले राष्ट्रिय जनावर र हिन्दू धर्मको धरोहर मान्दै तिहारमा धर्म संस्कृतिअनुसार लक्ष्मी पूजामा गाई र गोवद्र्धन पूजामा गोरुलाई पुज्ने धार्मिक आस्थालाई विचलित पार्न नहुने निवेदनमा उल्लेख छ ।

राष्ट्रिय जनावर तथा धार्मिक पहिचान बोकेको गाईगोरु साथै अन्य बाच्छाबाच्छीहरुसमेत उपयोग समाप्त भई सकेपछि जिम्मेवारीबाट मुक्त हुनका लागि आफ्नो घर कम्पाउण्डबाट बाहिर छाडिदिने त्यसपश्चात संरक्षण नगर्ने कार्य रोक्न निवेदनमा परमादेशको माग गरिएको छ ।