• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ?

अन्तरिक्षमा पठाइयो पर्यटक



फ्लोरिडा । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ ।

यो परीक्षण उडान मात्रै भएकाले यसमा कुनै मानव थिएनन् । रिप्ले नाम दिइएको मानव आकृतिलाई अन्तरिक्ष यात्रीले लगाउनेजस्तो पोसाक लगाइएको छ भने यसमा प्रसस्त सेन्सर जडान गरिएको छ ।

मानव अन्तरिक्षमा जाँदा उनीहरूले भोग्ने चापलगायत विभिन्न तथ्यांकहरू यी सेन्सरबाट संकलन गर्ने योजना छ ।अमेरिकाको क्यालिफोर्नियामा अवस्थित कम्पनी स्पेस एक्सका लागि छोटो अवधिमा यो ठूलो सफलता मानिएको छ । पेसाले प्रविधि उद्यमी एलन मस्कले मानवलाई अन्तरिक्षमा लैजाने उद्देश्य साथ यो कम्पनी स्थापना गरेका थिए ।

अहिले जसरी काम भए अमेरिकी अन्तरिक्षसम्बन्धी निकायले यो प्रणालीलाई नियमित रूपमा अन्तरिक्षमा मानव पर्यटक लैजान यो वर्षको अन्त्यतिर स्वीकृति दिने अनुमान गरिएको छ । स्पेस एक्सका संस्थापक एलन मस्कले यो कदम अन्तरिक्षमा व्यावसायिक रूपमा मानव ग्राहक लैजान पहिलो हुने बताए ।

सन् २०११ यता अमेरिकासँग अन्तरिक्षमा मानव पठाउने विमान छैन । आफ्ना अनुसन्धानकर्तालाई अन्तरिक्ष पठाउन उसले रुसलाई पैसा तिरिरहेको छ । अर्बपति मस्कले भने मानिसलाई पर्यटकका रूपमा चन्द्रमा लैजान चाहन्छन् ।

डेमोस्वरूप स्पेस एक्सका फल्कन नाइन रकेट र ड्र्यागन क्रु क्याम्पसुल केनेडी स्पेस सेन्टरको ऐतिहासिक प्यान ३९ एबाट पूर्वतयारीबमोजिम उठेका थिए ।

‘सन् २००२ देखि यो अवस्थासम्म आइपुग्न १७ वर्ष लाग्यो । खुलस्त रूपमा भन्दा म भावनात्मक रूपमा थाकेको छु, यो निकै चुनौतीपूर्ण थियो,’ डमी मानवलाई अन्तरिक्षमा पठाएपछि उनले भने । ‘अहिले नासालाई सहयोग गर्न हामी बढी केन्द्रित छौं तर ड्र्यागन नियमित सञ्चालनमा आएपछि हामी व्यावसायिक रूपमा मानवलाई अन्तरिक्षमा लैजान ग्राहकको खोजीमा लाग्छौं । यसका लागि नासाको प्रशासन पनि निकै सकारात्मक छ ।’

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जान चाहने मानिसहरू आफ्ना ग्राहक हुन सक्ने मस्कको आकलन छ । स्पेस एक्सले यसअघि सोयुज कारलाई अन्तरिक्ष पठाएको थियो ।

मानवलाई अन्तरिक्षमा लैजान स्पेस एक्सले तयार पारेको विमान ड्र्यागन क्रु क्याप्सुलमा विभिन्न लाइफ सपोर्ट सिस्टम राखिएको छ । विमानमा कुनै गडबडी आए पृथ्वीमा फर्कन मिल्ने गरी यसमा तीन वटा प्यारासुट पनि राखिएको छ ।

केही वर्षअघिसम्म अमेरिकी अनुसन्धान निकाय नासाका इन्जिनियरले अन्तरिक्षमा जाने विमान निर्माणमा खटनपटन गर्थे । उनीहरूकै डिजाइनमा तयार हुने विमान निर्माताले त्यसको सञ्चालन मात्रै गर्थे । अहिले अवस्था फेरिएको छ । हिजोआज नासाले आफूलाई चाहिएको विशेषता भन्छ र कम्पनीहरूले त्यो आवश्यकता पूर्तिको काम गरिदिन्छन् ।

सन् २०११ यता अमेरिकाले आफ्नो अनुसन्धानकर्ता अन्तरिक्षमा पठाउन रुसी विमान प्रयोग गर्दै आएको थियो । नासाले मानिस ओसार्न सक्ने विमान निर्माणका लागि स्पेसएक्स र बोइङसँग करिब ७ अर्ब डलर बराबरको सम्झौता गरेको छ । अन्तरिक्ष पुगेपछि ड्र्यागन पुनः पृथ्वीमा फर्कन यसैमा थ्रस्टर राखिएको छ, जसले विमानलाई पृथ्वीतर्फ धकेल्छ । अन्तरिक्षमा पठाइएको ड्र्यागन शुक्रबारसम्म त्यहाँ बस्नेछ ।

अन्तरिक्षमा मानव लाने विमान नहुँदा अमेरिकाले रुसलाई प्रतिसिट ८ करोड डलर तिर्दै आएको थियो । रुससँग अन्तरिक्षमा मानिस लैजान अमेरिकाले सन् २०१९ सम्मको सम्झौता गरेको भए पनि यो वर्षको अन्त्य र आगामी वर्षका लागि केही सिट किनिसकिएको छ । अहिलेको परीक्षण पूर्ण रूपमा सफल भए ड्र्यागन क्रुको जुनमा सुरक्षासम्बन्धी परीक्षण गर्ने योजना छ । यसमा इमर्जेन्सीको अवस्थामा कसरी काम गर्छ भन्ने परीक्षण हुनेछ ।

स्पेस एक्सले आफ्नो विमानमा मानवका रूपमा नासाका दुई अन्तरिक्ष यात्रीलाई बोकेर लैजाने तयारी गरेको छ ।