३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

अज्ञात रोगका कारण दुई महीनादेखी पठनपाठन ठप्प

अज्ञात रोगका कारण दुई महीनादेखी पठनपाठन ठप्प
अ+ अ-

रोल्पा । अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् ।

उपचारका अनेक उपाय गर्दा पनि बिरामी निको नभएपछि उनीहरु चिन्तित भएका हुन । विद्यार्थी काप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने कराउने गर्न थालेपछि केही समयअघि चार दिनका लागि विद्यालयको पठनपाठन समेत बन्द गरिएको थियो । शुरुमा यस्तो समस्या कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ । दैनिक चार, पाँचजनामा यस्तो समस्या देखिएपछि विद्यालयले जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मीबाट तनाव व्यवस्थापन सम्बन्धी कक्षा सञ्चालन गरेको थियो ।

“उक्त कक्षा सञ्चालन पश्चात पनि विद्यार्थीमा सो समस्या हल हुनुका साटो वृद्धि भई दैनिक १५÷२० जना विद्यार्थी बिरामी पर्न थालेसँगै केही दिनका लागि विद्यालयको पठनपाठन बन्द गर्न बाध्य भयौं” विद्यालयका प्रधानाध्यापक लीला आचार्यले भने।

स्वास्थ्यकर्मीको परामर्शबाट निको नभएपछि अभिभावकले विद्यार्थीलार्य झारफूक गर्न लगाउनुभयो, प्रधानाध्यापक आचार्यले भने, “विद्यालय नजिकै रहेको रिमूल भन्ने स्थानमा अभिभावकले बिरामी जम्मा गरेर झारफूक गरे पनि बिरामी अझै निको भएका छैनन् ।”

लामो समयसम्म विद्यार्थी बिरामी पर्दा समग्र विद्यालयको पठनपाठन नै प्रभावित भइरहेको प्रधानाध्यापक आचार्यको भनाइ छ । नगरस्तरीय अन्तिम परीक्षा नजिकिँदै गर्दासमेत समस्या समाधान भएको छैन उनले भने, “मनोचिकित्सकबाट परामर्श गरे समस्या हल हुने आफूले आशा गरे पनि त्यसका लागि स्रोत जुटाउन धौधौ परिरहेको छ ।”

विद्यार्थी बिरामी परेको खबर सुन्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको एकटोली विद्यालयमा पठाएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए ।

स्वास्थ्यकर्मीलाई नियमित विद्यालय गएर परामर्श गर्न भनेका छौ प्रमुख केसीले भने, “बिरामी निको नभए विज्ञ मनोचिकित्सक झिकाएर परामर्श गर्ने गरी नगर शिक्षा समितिले निर्णय गरिसकेको छ”, उनले भने, “पछिल्लो अवस्थाबारे वडा कार्यालयले अद्यावधिक गराएपछि अवस्था हेरेर मनोचिकित्सक झिकाउने योजनामा छौ ।”

“विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ”, स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले भने, “तनाव व्यवस्थापनका जानकार समेत रहेका डाँगीका अनुसार एक जनामा यस्तो समस्या देखिए त्यस्तो बिरामीलाई छुट्टै बसाल्ने व्यवस्था गरे अरुमा सर्दैन ।” “एक जनाको समस्या देखेपछि अरु पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “धेरै जना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ ।”

धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई मास हिस्टेरिया भनिन्छ, स्वास्थ्यकर्मी डाँगीले भन्नुभयो । यसअघि पनि जिल्लाका विभिन्न विद्यालयमा यस्तो समस्या देखिने गरेको बताइएको छ । सदरमुकामको बालकल्याण नमूना मावि, तारा मावि वामरुक, नेपाल राष्ट्रिय मावि खुमेल, खुङ्ग्री, ओत लगायतका विद्यालयमा यस्तो समस्या देखिएको बताइएको छ ।