• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

कांग्रेसमा देउवाको राज, कार्यकाल लम्ब्याउने दाउमा



काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् ।

केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ गते महाधिवेशन गर्न प्रस्ताव राख्दा उनले ठाडै अस्वीकार गर्दै साढे ५ वर्षमा मात्रै केन्द्रीय महाधिवेशन गर्ने जवाफ दिएका थिए ।
देउवाले कार्यकाल २०७६ फागुन मसान्तमा सकिन्छ । असाधारण स्थितिमा थप एक वर्ष बढाउन मिल्ने पार्टी विधानमा व्यवस्था छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा भने साढे ५ वर्षको अवधि छ । देउवाले त्यही व्यवस्थामा टेकेर पौडेललाई जवाफ दिएका हुन् ।

पौडेल पक्षले विशेष परिस्थिति नपरी कार्यकाल बढाउनु अनैतिक हुने धारणा राख्दै आएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।