१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा देउवाको राज, कार्यकाल लम्ब्याउने दाउमा



अ+ अ-

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् ।

केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ गते महाधिवेशन गर्न प्रस्ताव राख्दा उनले ठाडै अस्वीकार गर्दै साढे ५ वर्षमा मात्रै केन्द्रीय महाधिवेशन गर्ने जवाफ दिएका थिए ।
देउवाले कार्यकाल २०७६ फागुन मसान्तमा सकिन्छ । असाधारण स्थितिमा थप एक वर्ष बढाउन मिल्ने पार्टी विधानमा व्यवस्था छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा भने साढे ५ वर्षको अवधि छ । देउवाले त्यही व्यवस्थामा टेकेर पौडेललाई जवाफ दिएका हुन् ।

पौडेल पक्षले विशेष परिस्थिति नपरी कार्यकाल बढाउनु अनैतिक हुने धारणा राख्दै आएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।