१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

गुठिको जग्गामा भूमाफियाको रजाई

गुठिको जग्गामा भूमाफियाको रजाई
अ अ+ अ-

काठमाडौं । मृगस्थली गोरखनाथ गुठीको करोडौं मूल्य पर्ने जग्गा व्यक्तिलाई नामसारी गरिएको छ। नापी र मालपोतका कार्मचारी तथा भूमाफियाले साविकको बालाजु गाविस २ ‘क’ को कित्ता नम्बर ३४३ को २ रोपनी ७ आना गुठीको जग्गा प्लटिङ गरी व्यक्तिलाई नामसारी गरेका हुन्।

०२२ सालमा जग्गा ऐनअनुसार गुठीको नाममा दर्ता भई संस्थानले पुर्जा पाएको अभिलेख सुरक्षित छ। जग्गाधनी पुर्जामा गुठीको जग्गा भएको स्पष्ट देखिन्छ। ०४५/४६ सालतिर दोस्रो नगर नापी हुँदा धेरै कित्ताकाट भएको पाइन्छ।

नापी कार्यालय डिल्लीबजारले गुठी संस्थाको तहसी शाखा कार्यालयलाई दिएको विवरणअनुसार साविकको बालाजु २ को उक्त जग्गा हाल काठमाडौं १६ सिट नम्बर १०२-०९८४-१२ को कित्ता नम्बर १२२ र ११४ को पूरै जग्गा पारिएको छ भने कित्ता नम्बर ३१४, ३१५, १८४, १४५, १४९, १२०, १११, ११२, १२३, १८५, ५० र ५१ कित्तामा पारिएको छ।

नापी कार्यालयले ०६४ साउन १८ मा गुठीलाई पठाएको पत्रअनुसार

कित्ता नम्बर ३१५, १४५, १४९, १२०, १२२, ११, ११४, १२३ र १८५ व्यक्ति विशेषको नाममा कायम रहेको अभिलेखबाट देखिन्छ। लगत रजिस्टार, फिल्डबुक उतार र ओभर ल्याप नक्सा यसै पत्रसाथ पठाइएको नापीको पत्रमा उल्लेख छ। एउटै कित्तालाई धेरैमा विभाजन गरी व्यक्ति विशेषको नाममा दर्ता गरिएको छ। ०५९ सालमा उक्त जग्गा छविलाल भुसाल र गोविन्द सरियाको नाममा दर्ता भएको देखिन्छ। त्यसपछि विभिन्न व्यक्तिको नाममा १२ कित्ता बनाएर बिक्री–वितरण गरिएको छ। ती जग्गामा ६ वटा घर निर्माण भइसकेका छन्।

जग्गा दोस्रो नापीमा गुठीको नाममा नापनक्सा एवं हालसाविक दर्ता हुनुपर्नेमा नापी र मालपोतका कर्मचारीको मिलेमतोमा करोडौंको जग्गा व्यक्ति विशेषको नाममा दर्ता भएको गुठी संस्थानका उपप्रशासन जयप्रसाद रेग्मी बताउँछन्।

‘दोस्रो नापीमा बदमासी गरी गुठी जग्गा व्यक्तिको नाम दर्ताको भएको छ’, उनले भने, ‘यसको सम्बन्धमा संस्थानले नापीसँग विवरण माग गरेको छ।’ स्थानीय माधव थापाले करोडौंको जग्गा भूमाफियाले हडपेर बेचिसक्दा पनि कसैको ध्यान नजानु दुर्भाग्य भएको बताउँछन्।

टोखा नगरपालिका–४ धापासीको ३० आना जग्गा अतिक्रण भएको छ। उक्त जग्गामा अतिक्रमण गरी संरचना बनाउने कामसमेत भइरहेको छ। वडा कार्यालय दुई पटक उक्त स्थानमा संरचना नबनाउन परिपत्र गरेको छ। तर, संरचना निर्माण रोकिएको छैन। आफ्नो जग्गासँग जोडिएको सरकारी जग्गा अतिक्रमण गरेर संरचना बनाउने काम भइरहेको छ। स्थानीय रोशन थापा सरकारी जग्गा अतिक्रमण गरेर प्लटिङसमेत गरेर बिक्रीवितरण हुँदा पनि महानगर र वडा कार्यालय मुकदर्शक हुनमा मिलोमतोको आशंका गर्छन्।

‘यत्रो सरकारी अतिक्रमण भएको छ, त्यहाँका रूख काटिएका छन् तर वडाध्यक्ष मुकदर्शक छन्’, उनले भने, ‘नापीले प्रमाणित नगरेकोमा नगरपालिकाले यो निर्माण कार्य रोक्नुपर्ने होइन।’

वडाध्यक्ष धमेन्द्र श्रेष्ठ पनि जबर्जस्ती संरचना बनाउने काम भइरहेको बताउँछन्। सरकारी जग्गा अतिक्रमणको मुकदर्शक हुनुपरेको बाध्यता सुनाए। ‘हामीले संरचना नबनाउन २ पत्र चिठी पठाइसकेका छौं तर सुन्दैन,’ उनले भने।

वडासदस्य मधुकर बस्नेतसमेत जबर्जस्ती सार्वजनिक जग्गा मिचेर निर्माण भइरहेको बताउँछन्। ‘हामीले भनेको मान्दैन, रोक्न गयो भने आक्रमण गर्ने डर छ’, उनले भने, ‘हामीसँग प्रहरी छैन, ढुंगाले टाउको फुटाउने डर छ।’

यी उदाहरण मात्र हुन्। कर्मचारीको मिलेमतोमा भूमाफियाले काठमाडौं उपत्यकाका अधिकांश जग्गा अतिक्रमण गरिरहेका छन्। महानगर, नापी र मालपोत, गुठीका कर्मचारी र पदाधिकारीको मिलेमतोमा सार्वजनिक जग्गा सकिन लागेको छ। तर, सम्बन्धित सरोकारवाला मौन छन्। भूमाफियाले पशुपतिनाथको सयौं रोपनी जग्गा अतिक्रमण गरेका छन्।

नगरपालिका, गाउँपालिकाको खाली जग्गा मात्र होइन, खोलाको जग्गासमेत भूमाफियाले बिक्री वितरण गरिरहेका छन्। कीर्तिपुर नगरपालिका–२ र चन्द्रगिरि नगरपालिका–१५ मा रहेको बल्खु खोलाको जग्गासमेत किनबेच भएको छ। खोला नै मोडेर भूमाफियाले जग्गा बिक्री–वितरण गरिरहेका छन्। कीर्तिपुर–२ को कित्ता नम्बर ४७२, ४८१ लगायत जग्गा बल्खु खोला र बाटोमा पर्छ। कही सार्वजनिक जग्गा थाहा पाउनेवित्तिकै भूमाफियाको आँखा लागिहाल्छ। उनीहरू कर्मचारीलाई प्रलोभनमा पारेर खाली सार्वजनिक जग्गामा चलखेल गर्छन्। अन्नपूर्णबाट ।