६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते



अ+ अ-

म्याङलुङ। तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ।आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो। कार्कीको बिहान ६ः१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हुँदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए।

आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयवासीले बताएका छन्। आगलागी के कारणबाट भयो भनेर अनुसन्धान भइरहेको सूचना अधिकारी गौतमले बताए। आगलागीबाट रु १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।