३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

चालकमा भएको उच्च रक्तचापको कारणले बढ्यो दुर्घटना

चालकमा भएको उच्च रक्तचापको कारणले बढ्यो दुर्घटना
अ+ अ-


बलेवा । अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै गरिएको स्वास्थ्य परीक्षणमा उनीहरुमा उच्च रक्तचापको समस्या देखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले लामो दूरीका सवारीसाधनका चालकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य परीक्षण गर्दा अधिकांश चालकमा उच्च रक्तचापको समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी कोइरालाले बताउनुभयो ।

“चालकमा देखिएको स्वास्थ्य समस्याका कारण सडक दुर्घटना हुन सक्छ”, उहाँले भन्नुभयो, “उच्च रक्तचाप भएको चालकलाई अस्पताल जान अनुरोध गर्नेबाहेक कुनै पनि कारवाही गर्ने अधिकार प्रहरीसँग छैन् ।”

“एक चालकको रक्तचाप देखेर हामी डरायौँ”, सूचना अधिकारी कोइरालाले भन्नुभयोे, “त्यति धेरै रक्तचाप भएको चालकको जुनसुकै बेला आँखा तिरमिराउने चिकित्सक भन्दै हुनुहुन्थ्यो, तर हामीले रोक्न सकेनौँ ।”

प्रहरीले स्वास्थ्यकर्मीको सहायतामा मुटुको चाल, रक्तचाप, आँखाको समस्यालगायतको परीक्षण गर्ने गरेको छ । परीक्षणका क्रममा समस्या देखिएका चालकलाई तत्काल अस्पताल जानका लागि आग्रह गर्ने गरेको भए पनि बेवास्ता गर्ने गरेको कोइरालाले बताउनुभयो । प्रत्येक महीना स्वास्थ्य जाँच गर्ने योजना बनाएको प्रहरीले धवलागिरी अञ्चल अस्पतालका चिकित्सकको सहयोगमा सावरी चालकको जाँच गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङसहित धवलागिरि अञ्चल अस्पताल बागलुङ, यातयात व्यवसायी र नेपाल प्रहरीको टोलीले सडकमै चालकको स्वास्थ्य परीक्षण गरेका थिए । जाँचका क्रममा बस, ट्रक, जिप, माइक्रोबसलगायतका ७१ सार्वजनिक सवारीसाधन चालकको आँखा र रक्तचाप परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १२ चालकको उच्च रक्तचाप भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शुकबहादुर विकले बताउनुभयो ।

पहिलो पटक गरिएको परीक्षणमा कति सहभागी भए र कतिमा के–कस्ता समस्या थिए भन्ने विषयमा प्रहरीसँग कुनै पनि जानकारी छैन । यो पटक भने सबैको तथ्याङ्क राखेर समस्या भएका चालकलाई निगरानीमा राख्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको कोइरालाले बताउनुभयो । “हामीले दुर्घटना कम गर्न अभियान चलाएका हौँ”, कोइरालाले भन्नुभयो, “व्यवसायीसँग छलफल गरेर तत्काल समस्या देखिएका चालकलाई उपचार गर्ने वा सवारी चलाउन रोक लगाउने काम गर्छौँ ।”

“अनुमतिपत्र लिएर काम गरिरहेका चालकलाई सवारी चालक अनुमतिपत्र हेर्नेबाहेक अरु काम हाम्रो जिम्मेवारीमा पर्दैन”, कोइरालाले भन्नुभयोे, “लाइसेन्स दिने वा नवीकरण गर्ने निकायले चालकको स्वास्थ्य अवस्था जाँच गरेर मात्रै दिनुपर्छ ।” सानासाना कमजोरीका कारण पनि ठूला दुर्घटना हुने गरेको भन्दै कोइरालाले चालकमा हुने आँखाको कमजोरी र रक्तचापको समस्या दुर्घटनाको कारण हुनसक्ने बताउनुभयो । चालकमा देखिएको स्वास्थ्य समस्याका विषयमा आम नागरिक समाजले समेत आवाज उठाउनुपर्ने भन्दै उहाँले त्यसका लागि पहल थालिने बताउनुभयो ।

सहकारीले फोहर नउठाउने

बागलुङबजारको फोहर व्यवस्थापन गर्दै आएको धवलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले नगरपालिकाले सम्झौता नवीकरण नगरे फोहर उठाउने काम रोक्ने भएको छ । गत असार मासान्तमै नवीकरण हुनुपर्ने सम्झौता हालसम्म नवीकरण नभएको भन्दै सहकारीले फोहर उठाउन रोक्ने जनाएको हो ।

विसं २०७८ सम्म फोहर व्यवस्थापन गर्ने जिम्मेवारीसहितको सम्झौता भए पनि वर्ष÷वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । सम्झौता नवीकरणका लागि सहकारीले आगामी फागुन २५ गतेसम्मको समय दिएको र उक्त मितिसम्म पनि सम्झौता नवीकरण नभए फोहर उठाउन रोकिने सहकारीका सल्लाहकार पद्मचन्द्र राजभण्डारीले बताउनुभयो ।

नगरपालिकाले बाटो नफुकाएका कारण फोहर व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ । सहकारीले बागलुङ नगरपालिकाको वडा नं १ देखि ४ नं वडाका करीब चार हजारभन्दा बढी घरका फोहरमैलालाई व्यवस्थापन गर्ने काम गर्दै आएको छ । एउटा मात्रै गाडी भएका कारण फोहर व्यवस्थापनमा समस्या भएको जानकारी गराउँदासमेत नगरपालिकाले बेवास्ता गरेको सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले बताउनुभयो ।