३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

रवीन्द्र अधिकारीका अधूरा सपना पूरा गरिने

रवीन्द्र अधिकारीका अधूरा सपना पूरा गरिने
अ+ अ-
दिवंगत मन्त्री रवीन्द्र अधिकारीको पोखरा प्रदर्शनी केन्द्र आयोजित श्रद्धान्जलिपश्चात पोखरामा गरिएको शवयात्रामा स्थानीयबासी । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस

पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले थालनी गर्नुभएका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विभिन्न नेताले बताउनुभएको छ । निधनको सातौँ दिन आज स्व अधिकारीकै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठक र विकासप्रेमी नेताका रुपमा उहाँको भावपूर्ण स्मरण गरियो ।

श्रद्धाञ्जलिसभामा नेकपा स्थानीय कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिकारीको निधनले राष्ट्र र नेकपाको पार्टी सङ्गठनमा अपूरणीय क्षति पुगेको बताउनुभयो । “पर्यटन क्षेत्रको विकासमा उहाँले पु¥याउनु भएको योगदान अतुलनीय भएको ” मुख्यमन्त्री गुरुङले मन्त्री अधिकारीले शुरु गरेका पोखरा, निजगढ, गौतमबुद्ध जस्ता विमानस्थल समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

सन् २०२० मा मुलुकमा २० लाख पर्यटक भित्र्याउने अधिकारीको योजनालाई साकार पार्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि तीनवटै तहका सरकारको सक्रियता र समन्वयको आवश्यकता औँल्याउनुभयो ।

नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले देशमा समृद्धि एवं विकासका लागि उहाँले खेल्नुभएको भूमिका अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले थालेका अपुरा कामलाई सम्पन्न गर्नुपर्ने बताउनुभयो । मन्त्री अधिकारी पार्टी सङ्गठनलाई मजबुत बनाउन उच्चकोटीको राजनेताका रुपमा रहेको चर्चा गर्दै उहाँले अधुरा सपना साकार बनाउन सिङ्गो पार्टी पङ्ति र सरकार सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले युवा पुस्तालाई राज्यको मूलधारमा ल्याउनु पर्दछ भन्ने सोच भएका नेताका रुपमा अधिकारीको स्मरण गर्दै उहाँका विचारलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताउनुभयो । सकारात्मक सोचका धनी मन्त्री अधिकारी समाजको रुपान्तरणका पक्षमा निरन्तर क्रियाशील रहेको बताउँदै उहाँले अधिकारीको चिन्तन एवं सक्रियता प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय भएको बताउनुभयो ।

मन्त्री अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले राज्य, पार्टी तथा आम समुदायले स्वर्गीय अधिकारी र परिवारलाई व्यक्त गरेको सहानुभूतिप्रति आभार व्यक्त गर्दै उहाँले अघि सारेका विचार एवं विकास निर्माणलाई साकार पार्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । परिवारभन्दा पनि राष्ट्र र समाजप्रति स्वर्गीय अधिकारीले समय दिनुभएको स्मरण गर्दै परिणाममुखी सोचका साथ अघि बढ्ने उहाँको उत्साहलाई साथ दिएको बताउनुभयो ।

कार्यक्रममा स्वर्गीय अधिकारीका परिवारलाई पार्टीको तर्पmबाट समवेदना–पत्र दिइएको थियो । नेकपा कास्कीका संयन्त्र सदस्य एवं प्रदेशसभा सांसद दीपक कोइरालाको अध्यक्षतामा भएको श्रद्धाञ्जलि सभामा संयन्त्र सदस्य एवं प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र दामोदर बैरागीले स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पार्टीका गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सह–इञ्चार्ज खगराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटी सदस्यद्वय सोमनाथ अधिकारी प्यासी र किरण गुरुङ, स्वर्गीय अधिकारीका बुबा इन्द्रप्रसाद, आमा लक्ष्मीदेवी अधिकारी, धर्मपत्नी विद्या भट्टराई छोराहरु विराज र स्वराज, नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापालगायत कार्यक्रममा उपस्थित महानुभावले स्वर्गीय अधिकारीको तस्वीरमा पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका अधिकारीको १७ गते सेती नदीस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको थियो । स्वर्गीय अधिकारीको आज सातौँ दिनका दिन आयोजित श्रद्धाञ्जलिसभामा उपस्थित सबैजनाका आँखा रसाएका थिए ।