१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सरकारले गर्यो तीन जनालाई देश निकाला



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले टर्की र ग्रिसको नक्कली राहदानीमा काठमाडौं पसेका ३ इरानीलाई नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाएको छ। गृहले मोहम्मद नाज्मी, उनकी पत्नी आतेफ र छोरा अमिन इस्ताकरलाई ५ वर्षका लागि निष्काशन गरेको हो। उनीहरू भारतबाट स्थलमार्ग हुँदै काठमाडौं आएका थिए।

पुस १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड जाने क्रममा त्यहाँको अध्यागमनले ग्रिसको राहदानीमा भएको नेपालको भिसा शंकास्पद भन्दै उनीहरूलाई फिर्ता पठाएको थियो। अध्यागमन विभागको हिरासतमा रहेका उनीहरूलाई गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको फागुन १० को सचिवस्तरीय निर्णयले नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाई निष्काशन गरेको हो।

जाली राहदानीमा नेपाललाई ट्रान्जिट बनाइ ओहोरदोहोर गर्ने इरानीको संख्या केही समययता ह्वात्तै बढेको छ। उनीहरूले एउटै परिवार बताए पनि अनुसन्धानबाट पुष्टि भएन। मोहम्मद मानव तस्करीमा संलग्न भएको आशंका गरिए पनि पुष्टि हुन सकेन। इन्टरपोलको रेकर्डअनुसार उनीहरूले बोकेको राहदानी टर्की र ग्रिसको भएको र ती हराएका वा चोरिएका ९एसएलटीडी० हुन्।

उनीहरूले कहिले टर्की त कहिले ग्रिसको नागरिक भएको बयान दिएका थिए। नेपालस्थित टर्कीको र ग्रिसको कन्सुलेटले उनीहरू आफ्ना नागरिक नभएको पुष्टि गरेपछि अध्यागमनले उनीहरूमाथि अनुसन्धान गरेको थियो। बारम्बार बयान फेरेका उनीहरूले पछि इरानी भएको स्विकारेका थिए। उनीहरू इरानी भएको पुष्टि गर्न अध्यागमनलाई झन्डै अढाइ महिना लाग्यो। अध्यागमन विभागका अधिकृत अभिराम डाँगीले गृहको निर्णयअनुसार उनीहरूलाई आइतबार इरान फिर्ता पठाएको जानकारी दिए। उनी नेतृत्वको अनुसन्धान टोलीले नै उनीहरू इरानी भएको पुष्टि गराउन अथक प्रयास गरेका थियो।

उनीहरूले नेपालको भिसा भारतमा ५०/५० युरोमा किनेको बयान दिएका थिए। बयान दिँदा बारम्बार कुरा फेरेका उनीहरूको शंकास्पद व्यवहारपछि अध्यागमनसमेत सशंकित बनेको थियो। बयानमा बारम्बार अनेकथरि कुरा गरेपछि अध्यागमनले ‘स्टेटलेस’का रूपमा उनीहरूलाई कारागार पठाउने तयारी गरेको थियो। कुरा फेर्न थालेपछि अध्यागमनले उनीहरूको एक्लाएक्लै बयान लिएको थियो। त्यसमा उनीहरूका छोरा अमिनले इरानी भएको स्विकारेका थिए। त्यसपछि अध्यागमनलाई उनीहरूविरुद्ध कारवाही अघि बढाउन सहज भएको थियो। अन्नपूर्णबाट