२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अञ्चल अस्पातलमा २७ जना दरबन्दीमा चार जना डाक्टर



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन, तर यसै समयमा स्थानीय स्तरदेखि प्रदेश सरकारसम्म अञ्चल अस्पतालको नाम परिर्वतन गर्ने झ्याङ फैलिएको छ ।

महाकाली अञ्चल अस्पतालमा २७ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर अहिले अञ्चल अस्पताल ४ जना डाक्टरको भरमा चलिरहेको छ । हालसम्मकै रेकर्ड हेर्दा ७ जना विशेषज्ञ डाक्टरभन्दा बढी कहिल्यै नआएको देखिन्छ । पछिल्लो समयमा अस्पतालभित्र आईसियू सेवाका लागि उपकरण जडान गरेको पनि ३ वर्ष बितिसकेको छ । दरबन्दीअनुसार डाक्टर ल्याउन नसक्दा यी आईसीयू, एनआईसीयूलगायतका सेवा ठप्प रहेका छन् ।

जडान गरिएका उपकरणमा खिया लागेर बिग्रिने अवस्थामा पुगेका छन् । यसै अवस्थामा अस्पतालको नाम फेरेर अर्कै (भीमदत्त अस्पताल) राख्नेतर्फ नेताहरुको चाँसो बढेको पाइएको छ । यो समाचार नेपाल समाचारपत्रमा खबर छ ।