• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

फरार रहेका अपराधी १३ वर्षपछि पक्राउ



दुल्लु । कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–६ ९साविकको कट्टी गाविस–२ सनी गाउँ का ३८ वर्षीय टोपबहादुर सिंह रहेको छ ।

सोहि ठाउँका २१ वर्षीय शेरबहादुर पुन मगरको हत्यामा संलग्न रहेको आरोपमा सिंहलाई जिल्ला अदालत दैलेखले २०६७ चैत २३ गते दोषी ठहर गरी २० वर्ष कैद सजायको फैसला गरेको थियो । मगरको २०६२ कात्तिक १८ गते हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले फरार सिंहलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरेको दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरलले जानकारी दिए ।