२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजलकार आचार्यको गीत युट्युबमार्फत सार्वजनिक



अ+ अ-

काठमाडाैं: गजलकार नारद आचार्यको बिछोडिएको मन गजल संग्रहमा समावेश बिछोडिएको मन शीर्षक गजल गीतमार्फत युट्युबमा अन्तर्राष्ट्रिय नारी दिवसको दिन सार्वजनिक भएको छ । 

संगीतकार सुनिल राईको संगीत तथा प्रताप दासको स्वर रहेको गीतमा विनोद भुजेलले एरेन्ज गरेका छन् । भिडियोमा नव मोडल सिता धमला, निलम सनम, शुरवीर पण्डित साथै बालकलाकार आयुष जोसीले अभिनय गरेका छन् । भिडियाे मुकेश हुमगाईले छायाकन गरेका थिए भने प्रदीप दहालले सम्पादन गरेका थिए । 

गीतले जीवनका अनेक मोडमा आउने उदासिनता, एकलोपन देशभक्ति तथा बियोगात्मक रुपमा रहेकाे छ । कलिलाे उमेरमा परिवार, समाज, साथीभाइलाई छाेड्नु परेकाे बाध्यतालाई समेटेकाे छ ।