३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

प्रभावकारी कार्यान्वयन भएन बालश्रम ऐन

प्रभावकारी कार्यान्वयन भएन बालश्रम ऐन
अ+ अ-

काठमाडौँ । नयाँ बसपार्कस्थित होटल गोधुँलीमा दश वर्षीय रोहित विकले भाडा माझ्ने काम गर्दै आएको दुई वर्ष भयो ।

राउतले बिहानदेखि बेलुका नौ बजेसम्म भाडा माझेबापत बस्न र खाना मात्र पाएका छन् । उनको पारिश्रम भनेको बस्ने र साँझ विहानको खाना मात्रै हो । सानैमा बाबुआमा गुमाएका सिन्धुपाल्चोकका विकको आफ्नो भन्ने कोही छैन । उनलाई गाउँका चिनेजानेका स्थानीयले त्यो होटलमा ल्याएर काममा लगाइदिएका थिए ।

त्यसैगरी रामेछापका १३ वर्षीय जेके तामाङ पुरानो बसपार्कबाट चक्रपथ चल्ने माइक्रोबसमा सहचालकको रूपमा काम गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले आफू सहसचालक भएर काम गर्नुपरेको तामाङ बताउँछन् । “घरमा बाबा हुनुहुन्न, भाइबहिनी, आमा हुनुहुन्छ, विद्यालय जान्थे, शुल्क तिर्न पैसा नभएपछि यो काममा लागे”, उनले भने ।

उमेर नपुगी जोखिमयुक्त काम गर्ने रोहित र जेके प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्तै धेरै बालबालिकालाई बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ विपरीत श्रमिकका रुपमा काममा लगाउने गरेको पाइन्छ । ऐनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । ऐनले १४ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि स्वरुपको श्रमयुक्त काममा लगाउन नहुने व्यवस्था गरेको छ ।

केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालश्रमसम्बन्धी चालू आर्थिक वर्षको प्रथम चौमासिकको अवस्था विश्लेषण गर्दा २० घटना प्रकाशमा आएका छन् । बालबालिकालाई श्रममा प्रयोग गरेको प्रकृतिलाई हेर्दा घरेलु तथा होटल श्रमिकका रूपमा सबैभन्दा बढी आठ छन् । भारतमा काम गर्नका लागि पाँच, सार्वजनिक यातायातमा श्रमिकको रुपमा तीन, इँटा उद्योग र लागुऔषध ओसारपसारमा दुई÷दुई बालबालिका संलग्न रहेको पाइएको छ । लैङ्गिक रूपमा हेर्दा बालक १४ र बालिका छ रहेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिनुभयो ।

उमेर समूहका आधारमा १० वर्ष वा सो भन्दामुिनका एक, ११ देखि १४ वर्षका नौ र १५ देखि १८ वर्षका १० रहेका छन् । बालअधिकारकर्मी विकास केसीले सरकारले बालश्रममुक्त गर्ने हो भने भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

सो अवधिमा विभिन्न कारणले २४ बालबालिकाको हत्या भएको घटना सार्वजनिक भएका छ । त्यसैगरी बालवालिकालाई विभिन्न प्रलोभनमा पारी बेचबिखन तथा ओसारपसार गर्नेक्रम पनि विद्यमान छ । यस अवधिमा १७ बालबालिका बेचबिखन तथा ओसारपसारमा परेका छन् ।