१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० केजी गाजा बरामद



अ+ अ-

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–५ सखुवनीयाबाट सशस्त्र प्रहरीले ६० केजी गाजा बरामद गरेको छ । आइतबार राति सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले उक्त गाजा बरामद गरेको हो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार जिराभवानी गाउँपालिका ५ शंकरसरैया हुँदै सुगिभार जङ्गल क्षेत्रबाट भारततर्फ टाउकोमा गाजा बोकेर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो।

सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै गाजाको बोरा फ्याकेर भागेकाले तस्कर भने पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए।