१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा विखण्डनको नारा लगाएर हिँड्ने सीके राउतलाई कारवाही गर्नुपर्छ : अध्यक्ष थापा



अ+ अ-

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सीके राउतलाई कारवाही गर्न माग गरेका छन् । देशमा विखण्डनको नारा लागएर हिड्ने जो कोहिलाई पनि सरकारले कारवाहीको दायरमा ल्याउनुपर्ने उनले बताए ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनलेविखण्डनको नारा लगाउँदासमेत राउतलाई कारवाही गर्न नसक्नु सरकारको लाचारीपन भएको बताए।

सीके राउतसँग भएको ११ बुदे सम्झौता विरोधाभाषपूर्ण, रहस्यमयी र अमूर्त रहेको छ थापाले भने, राउत सामाजिक सञ्जालमा प्रचार गर्ने विषय र जनकपुरको प्रदर्शनले सम्झौता रहस्यमयी भएको पुष्टि भएको छ ।