१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा विखण्डनको नारा लगाएर हिँड्ने सीके राउतलाई कारवाही गर्नुपर्छ : अध्यक्ष थापा



अ+ अ-

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सीके राउतलाई कारवाही गर्न माग गरेका छन् । देशमा विखण्डनको नारा लागएर हिड्ने जो कोहिलाई पनि सरकारले कारवाहीको दायरमा ल्याउनुपर्ने उनले बताए ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनलेविखण्डनको नारा लगाउँदासमेत राउतलाई कारवाही गर्न नसक्नु सरकारको लाचारीपन भएको बताए।

सीके राउतसँग भएको ११ बुदे सम्झौता विरोधाभाषपूर्ण, रहस्यमयी र अमूर्त रहेको छ थापाले भने, राउत सामाजिक सञ्जालमा प्रचार गर्ने विषय र जनकपुरको प्रदर्शनले सम्झौता रहस्यमयी भएको पुष्टि भएको छ ।