३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

अशक्त, अपाङ्ग र गरीब निमुखा १ सय २५ परिवारलाई ग्यास चुलो बितरण

अशक्त, अपाङ्ग र गरीब निमुखा १ सय २५ परिवारलाई ग्यास चुलो बितरण
अ+ अ-

भद्रपुर । झापा सदरमुकाम दक्षिण कचनकवल ३ दल्कीमा रहेको अभिमुक्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले गरिवी निवारण कार्यक्रम अन्र्तगत अतिविपन्न १ सय २५ परिवारलाई ग्यास चुलो सेट सहित सिलिण्डर हस्तान्तरण गरेको छ । समितिको आयबाट ३५ प्रतिशत रकम उपभोक्ताको जीवन स्तर उकास्न खर्च गर्नु पर्ने कानुनी प्रावधान अनु्सार प्रतिपरिवार ६ हजार मूल्य बरावरको सिलिण्डर, चुलो, रेगुलेटर, पाइप र लाइटर अति विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो ।

समितिका अध्यक्ष गिरिराज नेपालको अध्यक्षता तथा प्रदेश संसद बसन्त बानियाको प्रमुख आतिथ्यमा समितिको कार्यालय परिसरमा अशक्त, अपाङ्ग, गरीब निमुखा अतिविपन्नले ग्यास सेट पाउँदा हर्षित बनेको दृष्य देखिन्थ्यो ।कार्यक्रमलाई सम्बोधन गर्दै झापा क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य बसन्त बानियाले पर्यावरण संरक्षणमा हरित अभियानका रूपमा सामुदायिक वनले खेलेको भूमिकाको प्रसंशासा गरे । संसद बानियाले वातावरणको संरक्षणसित गरीबी निवारणमा सामुदायिक वनले अतुलनीय योगदान दिएको समेत बताए । उनले सरकार समृद्धिको यात्रामा पर्यावरणको सुरक्षा सहित गरिबी अन्त्य गर्नका लागिरहेको प्रष्ट पारे ।

संस्थाकी सचिव प्रतिमा बोगटीले शब्द मार्फत तथा गन्धर्व समाजले संगीत मार्फत स्वागत गरेको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, स्थानीय तह महासंघका भीम लुँइटेल लगायतले मन्तव्य राखेको कार्यक्रममा समूहका अध्यक्ष नेपालले कार्यक्रममा ७ लाख ५० हजार खर्च गरी वन समूहको उपभोक्तामाथि अपनत्व ग्रहणका लागि कार्यक्रम गरिएको जानकारी दिए ।

उनले वनको सुरक्षा गर्न अति विपन्न परिवारको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पारे । समूह क्षेत्र भित्र रहेका दृष्टिविहिन, अशक्त, एकल महिला, साहारा विहिन र शारीरीक अपाङ्गता भएका आर्थिक अवस्था कमजोर भएका परिवारलाई सामाजिक उत्तरदायित्व वहन कार्यक्रम अन्र्तगत सहयो गरिएको जानकारी दिएका थिए ।